शनिबार, साउन १६, २०८३

विदेशी कलाकारको  गुनासो :  नेपाल सुन्दर छ, तर फोहोर धेरै भयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटहरी – जापानका मुर्तिकार नोरिओ ताकाओमाले नेपालबारे थुप्रै सुनेका थिए। जापानको राजधानी टोक्यो नजिकैको साइतामा भन्ने सहर बासिन्दा ताकाओमाले आफ्ना केही साथीहरूबाट नेपाल सुन्दर देश भएको सुनेको बताए। 

नेपाल बारेमा अनलाइन सामाग्री, पर्यटकीय सूचना लिएका ताकाओमा पहिलोपटक नेपाल आएका हुन् उत्तरी  मोरङको बेलबारी १०  भाउन्नेमा भएको अन्तर्राष्ट्रिय मुर्तिकला कार्यशालामा सहभागी हुन ताकाओमा नेपाल आएका हुन्। फागुन ४ गते देखी सञ्चालन भएर फागुन २१ गते सकिने अन्तर्राष्ट्रिय मुर्तिकार्याशालामा जापानको प्रतिनिधित्व गर्दै  ताकाओमा नेपाल आएका हुन्।
 
भाउन्नेमा आएर ढुङ्गामा त्रिमूर्ति खोप्दै गरेका ताकाओमाले सुनेको नेपाल र देखेको नेपाल धेरै फरक भएको बताए। उनले भने, ‘गुगलमा र इन्टरनेटमा हेरेको नेपाल धेरै सुन्दर तर नेपालमै आएर हेरेको नेपाल धेरै फोहोर।’ सडकका किनारमा डस्ट्विन नहुनु र घर बजार सफा नहुनुले तस्बिरमा हेरेको नेपाल भन्दा देखेको नेपाल फरक लागेको ताकाओमाले बताए। ‘नेपाल प्रकृतिले सुन्दर बनाएको छ’, असहजिलोगरि अङ्ग्रेजीमा बोल्दै ताकाओमाले भने, ‘मान्छेले भने प्रकृतिले सुन्दर बनाएको नेपाललाई फोहोरी बनाएको रहेछ।’

सुन्दर नेपाल कुरूप हुनुमा फोहोर व्यवस्थापन मुख्य समस्या देखेको जापानी कलाकार ताकाओमाको मात्रै हैन इटालियन कलाकार माकी नाकामुराले पनि बताइन्।  पूर्वपश्चिम राजमार्गमै टाँसिएको सिर्जना सामुदायिक वन क्षेत्रमा ढुङ्गालाई आकार दिँदै गरेकी नाकामुराले पनि सुनेको नेपाल भन्दा हेरेको नेपाल फरक पाएको बताइन्। 

जापानी मूलकी नाकामुराले बस्ती र बजारको फोहोर व्यवस्थापनमा नेपालीले ध्यान नदिएको बताइन्।  ‘हिजो हामीले त्रिमूर्ति बनाएको नजिकै  प्लास्टिकका फोहोरहरू मान्छेले जलाए’, प्रस्ट अङ्ग्रेजीमा बोल्दै नाकामुराले भनिन, ‘हामी बस्नै सकेनौँ र जङ्गल भित्र भाग्यौँ।’

प्लास्टिकका फोहोरहरू जलाउँदा क्यान्सर सम्म हुने कुरा मान्छेलाई थाहा नभएपनि सरकारले थाहा दिनुपर्ने नाकामुराले बताइन्। जापानको खानागावा सहरमा जन्मेर इटालीको राजधानी रोममा ४० वर्षदेखि बस्दै आएकी नाकामुराले भनिन, ‘क्यान्सरले नेपालीहरू मर्नु भन्दा फोहोर व्यवस्थापन गरेर धेरै बाँच्नु राम्रो हो।’ नेपालीहरू विश्वका धेरै देशमा  गएकाले त्यहाँका राम्रा राम्रा फोहोर व्यवस्थापनका आइडियाहरू उपयोग गर्न सक्ने नाकामुराले बताइन। ‘फोहोर मान्छेका कारण हुन्छ र मान्छेले नै यसको व्यवस्थापन गर्ने हो’, नाकामुराले भनिन, ‘सडकमा डस्टबिन राख्ने, जथाभाबी फोहोर गर्नेलाई जरिवाना गर्ने र फोहोर व्यवस्थापन केन्द्र सञ्चालन गरेर बस्ती र बजारका फोहोरका  समस्या समाधान गर्न सकिन्छ।’

नेपालले २०२० लाई नेपाल सरकारले पर्यटक वर्ष बनाउँदै २० लाख पर्यटक ल्याउने कुरा आफूले पत्रिकाबाट थाहा पाएको बताउँदै नाकामुराले  फोहोर व्यवस्थापन नभए पर्यटकहरू  नआउने बताइन्। ‘जसरी हामी जापनिज र इटालियनहरू नेपाल सुन्दर छ भन्ने सुनेर नेपाल आयौँ’, जापानी कलाकार नोरिओ ताकाओमासँगै उभिएर नाकामुराले भनिन, ‘नेपालका सहरहरू फोहोर छन्,  जहाँतहि प्लास्टिक जलाउँछन् भन्ने थाहा पाए भने  आफ्नो स्थाथ्य बारेमा सचेत पर्यटकहरूले नेपाल आउने प्लान क्यान्सील गर्नेछन्।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।