काठमाडौं- पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै चिन्ताजनक बनेको छ ।
ह्याम्स अस्पतालमा बिगत तीन हप्तादेखि उपचारत उनको बिहीबारदेखि होस खुलेको छैन । अस्पताल स्रोतका अनुसार उनको अवस्थामा कुनैपनि सुधार आउन सकेको छैन ।
८३ वर्षीय अधिकारीको स्वास्थ्यमा थप समस्या भएपछि उनलाई भेन्टिलेटरमा राखिएका छ । श्वासप्रश्वास, मुटु र फोक्सोमा समस्या देखिएपछि २३ पुष देखि उनलाई मेडिसीटी अस्पतालमा राखिएको थियो । त्यहा केहि आराम भएपछि घर फर्किएका उनी फेरि समस्या बल्झिए पछि ह्याम्स अस्पतालमा भर्ना गरिएको हो ।
स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएपछि उनलाई राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्तहरुले भेटेका छन् भने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई लगाएतका शीर्ष नेताले अस्पताल पुगी भेट गरेका छन् ।
बुवाको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उनकी जेठी छोरी लुना अधिकारी शनिबार सिक्किमदेखि काठकाडौं आएकी थिएन । अधिकारीका तीन छोरी छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४