शनिबार, साउन १६, २०८३

वामदेवले भने- 'म रवीन्द्रको क्षेत्रबाट चुनाव लड्दिन'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले आफू कुनै पनि हालतमा रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रबाट चुनाव नड्ने स्पष्ट पारेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा स्टासस लेख्दै उनले आफु अधिकारीको निधनपछि खाली भएको निर्वाचन क्षेत्रबाट चुनाव लड्ने इच्छा नभएको र पार्टी निर्णय गरेपनि स्विकार नगर्ने बताएका हुन् ।अधिकारीको हेलिकोप्टर दुर्घटनामा परि निधन भएसँगै खाली भएको कास्की क्षेत्र नम्बर २ मा नेता गौतम उठ्ने चर्चा चलेको थियो । 

उनले फेसबुकमा श्रद्धान्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर उम्मेदवार बन्ने लालस देखाएको आरोप लगाएको भन्दै आपत्ति जनाएका छन् । आफ्नो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर कुप्रचार गरिएको उनको टिप्पणी छ । 

मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पुरा गर्ने विचारलाई आफूले कहिल्यै मान्यता नदिएको नेता गौतमले उल्लेख गरेको छन् । उनले आफू अधिकारीकै परिवारका सदस्यलाई उम्मेदवार बनाउने पक्षमा रहेको र त्यसका लागि प्रयत्न गर्ने बताएका छन् । 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।