शनिबार, साउन १६, २०८३

ढुङ्गा हानेर बलात्कार गर्नेलाई दश वर्ष कैद

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ- ललितपुर जिल्ला अदालतले गोदामचौर बलात्कार घटनाका तीन अभियुक्तलाई जनही दश वर्ष कैद सजाय हुने फैसला गरेको छ । 

न्यायाधीश धनसिंह महराको इजलासले शुक्रबार सामूहिक बलात्कारको घटनाका अभियुक्त रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई दोषी ठहर गर्दै जनही दश वर्ष कैद सजायको फैसला सुनाएको जिल्ला अदालतका स्रेस्तेदार चन्द्रप्रकाश तिवारीले जानकारी दिए ।  

गोदावरी नगरपालिका–१ गोदामचौरमा २०७४ साल मङ्सिर २ गते सामूहिक बलात्कारमा परेकी गोदामचौरकी २१ वर्षीया युवतीको मुद्दाको सुनुवाइपछि सो फैसला सुनाइएको होे । दोषीलाई कैद सजायसहित ज्यान मार्ने अभियोगमा उनीहरुबाट पीडितलाई जनही रु एक लाख क्षतिपूर्ति भराउनुपर्ने फैसला गरेको छ । 

सामूहिक बलात्कारपछि ज्यान मार्ने मनसायले युवतीको टाउकोमा ढुङ्गा प्रहार गरेको अनुमान गरी फालेका थिए । युवतीलाई बेहोस भएको अवस्थामा घटना भएको भोलिपल्ट तोरीबारीमा भेटिएको थियो । युवतीले घटनाअघि नै अभियुक्तहरुको अनुहार चिनेको हुँदा तीनै जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।