शनिबार, साउन १६, २०८३

एकैदिनमा ५२ ट्याक्सी चालक कारवाहीमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ- महानगरीय ट्राफिक प्रहरी महाशाखाले ५२ ट्याक्सी चालकलाई कारबाही गरेको छ । 

भनेको स्थानमा जान नमान्ने, तोकिएभन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत कार्य गर्ने ट्याक्सी चालकलाई शुक्रबार नियन्त्रणमा लिई महाशाखाको टोलीले कारवाही गरेको हो । वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले बढी भाडा लिई यात्रुलाई दुःख दिने ट्याक्सी चालकलाई नियन्त्रणमा लिएर कारवाही गरिएको जानकारी दिए । “ट्याक्सीले यात्रुलाई ठगेको गुनासो धेरै आएपछि कारवाही अभियानलाई तीव्रता दिएको हो”, उनले भने । 

महाशाखाले ट्याक्सी विशेष जाँचका लागि दैनिक ४० देखि ५० ट्राफिक जनशक्ति सादा पोशाकमा खटाउँदै आएको छ । नियन्त्रणमा लिएका ट्याक्सीलाई यातायात व्यवस्था विभागद्वारा प्रत्यायोजित अधिकारअन्तर्गत तीन हजारसम्म जरिवाना गरिने पन्तले जानकारी दिए ।

महाशाखाका अनुसार ठमेल, शिक्षण अस्पताल, माछापोखरी, कलङ्की, कोटेश्वर, विमानस्थललगायतका क्षेत्रमा बढी ट्याक्सीबाट ठगी हुने गरेको छ । सबै ट्याक्सी चालकले ठगी नगरे पनि अधिकांंश ट्याक्सी चालकले ठगी गरेको महाशाखाले जनाएको छ ।

महाशाखाले चालू आर्थिक वर्षमा मात्र ठगी गर्ने छ हजारबढी ट्याक्सी चालकलाई कारवाही गरिसकेको छ । यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा १० हजार ६४५ ट्याक्सी सञ्चालनमा छन् । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।