काठमाडौं- आज फागुन १७ गते शुक्रबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको न्यायका लागि आफूले निरन्तर खबरदारी गरिरहेको बताएका छन्। १३ वर्षीया बालिका निर्मला पन्तको परिवारलाई भेट्न शुक्रबार उनको घरमा पुगेका देउवाले उक्त कुरा बताएका हुन्।
डोटीमा शुक्रबारदेखि सुरु भएको प्रादेशिक महोत्सवमा भारतीय झण्डा फहराइएको छ। महोत्सव सुरु हुन अघि निकालिएको कलश यात्रामा भारतीय झन्डा फहराइएको हो।
सुदूरपश्चिम प्रदेश सरकारकी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टलाई दिपायलमा कालोझण्डा देखाइएको छ। सुदूरपश्चिमको राजधानी दिपायल नबनाएको भन्दै आक्रोसित स्थानीयले कालोझण्डा देखाएका हुन्।
लामो समयदेखि श्वासप्रश्वास समस्याबाट पीडित पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था थप जटिल बनेको छ। अधिकारीको धुमबाराहीस्थित ह्याम्स अस्पतालमा आइसियुमा उपचार भइरहेको छ।
ब्राजिली राष्ट्रिय फुटबल टोलीका कप्तान समेत रहेका स्टार खेलाडी नेयारमा राष्ट्रिय टोलीमा अटाएका छैनन् । पानामा र चेक रिपब्लिकसँगको मैत्रिपुर्ण खेलका लागि घोषणा भएाके टोलीमा नअटाएका हुन् ।
भैरहवाको ब्यस्त बजार बैंकरोडमा शुक्रबार एकाविहानै चोरी भएको छ। बैंकरोडमा रहेको बिके ज्वेलर्सको सर्टरको लक तोडेर विहान करिव ५ बजे तिर चोरी भएको हो।
हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको पोखरामा राजकीय सम्मानका साथ अन्त्यष्टि गरिँदै छ। अधिकारीको पोखराको रामघाटमा अन्त्यष्टि गरिँदै छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको अकल्पनीय निधनमा पोखराका पर्यटन व्यवसायीले दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले वाइड बडी घोटालामा दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारी संलग्न नरहेको बताएका छन्। मन्त्री अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित गर्न शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले वाइड बडी घोटालामा उनको संलग्नता नरहेको बताएका हुन्।
दुई साताअघि धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा ११ वर्षीया रेशमा भनिने दुतीया रसाइलीको शव फेला पर्यो। उमेरले अबोध रेशमाको बलात्कारपछि हत्या भएको थियो। आफन्तको बिहेमा रमाउँदै नाचिरहेकी रेशमामाथि धनुषा बटेश्वर–४ काकाको घरमा बस्दै आइरहेकी २२ वर्षीय निरज जर्घामगरको पापी दृष्टि पर्यो। रेशमालाई फकाइफुसलाई बस्ती बाहिर लगेर उसले बलात्कार पर्यो। प्रहरीले अनुसन्धानपछि निरज पक्राउ परेको छ।
सेती नदीमा शुक्रबार मानिसको भीड थियो। त्यो भीड कुनै उत्सवको थिएन। एउटा शोकमा डुबेको जमात थियो। रवीन्द्र अधिकारीको हाँसेको फोटोमुनि रोएका अनुहार छरपस्ट देखिन्थे। मानौं, देशका ठूला मान्छेहरुको खुसी कसैले लुटेको छ। हो, रवीन्द्रको निधनमा सबै नेपालीको खुसी लुटिएको छ। यति मात्रै होइन, माछापुच्छ्रे पनि टोलाइरहेको छ यतिबेला।
ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जलि दिने कार्यक्रम पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सुरु भएको छ।
ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई धेरैले एउटा राजनीतिककर्मीका रुपमा चिन्छन् ।
मृत्यु पनि मान्छे पिच्छे फरक हुदो रहेछ, देश भक्त छोरो मर्दा देशै रुदो रहेछ ...।
चर्चित जनावदी गायक जेवी टुहुरेको यो गीत शुक्रबार खुलामञ्चमा प्रकट भए जस्तै थियो । भविष्य बोकेको एक युवा खुल्ला मञ्चमा लमतन्न थिए। उनीसंगै अरु छ जना पनि कहिल्यै नफर्किने गरी खुल्ला मञ्चमा अन्तिम विदाईमा थिए।
पञ्चेश्वर बहुद्देश्यीय जलविद्युत् आयोजना निर्माणका सम्बन्धमा रहेका विवाद टुङ्गो लगाउन बसेको नेपाल र भारतका विज्ञ समूहको बैठकमा केही विषयमा सहमति भए पनि प्रमुख विषयमा भने सहमति हुन सकेन ।
शुक्रबार सफा देखिएको मौसम शनिबारबाट पुनः प्रभावित हुने भएको छ । भारतको जम्मु-कास्मिरलगायत क्षेत्रमा नयाँ जलवाष्प प्रवेश गरेकाले त्यसको प्रभाव नेपालमा समेत देखिने मौसमविद्हरुले जनाएका छन् ।
हेलिकप्टर दुर्घटनामा परि ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव श्रद्धान्जलीका लागि टुडिखेलमै राखिएको छ । बिहान ८ बजे शिक्षण अस्पताल महाराजगन्जबाट उनीहरुको शव टुडिखेल ल्याइएको हो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको टी-२० नयाँ वरियताको अलराउण्डतर्फ नेपाली राष्ट्रिय टोलीक कप्तान पारस खड्का भारतका रोहित शर्मा भन्दा अघि रहेका छन् ।
भारी हिमपातका कारण मध्य तथा सुदूरपश्चिम नेपालको जनजीवन निकै कष्टकर बनेको छ । पटक–पटकको हिमपातले खासगरी हिमाली जिल्लावासीको जनजीवन असहज बनेको हो ।
दक्षिण कोरियामा कम्तीमा तीन वर्ष वैधानिक रुपमा काम गरेर फकिएर पुनः कोरिया जान चाहने युवाका लागि शुक्रबारदेखि आवेदन खुलेको छ । आउँदो वैशाख ४ गतेदेखि सञ्चालन गरिने कम्प्युटरमा आधारित परीक्षा (सीबीटी) माध्यमबाट हुने परीक्षाका लागि आवेदन खुलेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४