धनगढी – डोटीमा शुक्रबारदेखि सुरु भएको प्रादेशिक महोत्सवमा भारतीय झण्डा फहराइएको छ। महोत्सव सुरु हुन अघि निकालिएको कलश यात्रामा भारतीय झन्डा फहराइएको हो।
सुदूरपश्चिम प्रदेशकी उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट सहभागी कलश यात्रामा अगाडी पछाडी भारतको झन्डा थियो। तीन वटै सुरक्षा निकायको पनि सहभागिता रहेको कलश यात्रामा आकर्षणका रुपमा पन्जावी भाङडा बोलाइएको थियो। तर अगाडी मन्त्री र पछाडी सुरक्षा निकाय भएपनि बीचमा भने भारतीय झण्डा फहराइएको थियो।
कलश यात्रामा सहभागी भारतीयहरुले भारतको झण्डा बोकेका थिए भने केहि नेपालीले नेपालको झण्डा पनि बोकेका थिए। भारतको झण्डा देखेपनि केहि बेरपछि मात्रै आयोजक डोटी चेम्वर अफ कमर्सले हटाएको कमर्सका सचिव तेजवहादुर डुङग्रेलले बताए। भारतीय झण्डा बोकेको भन्दै अहिले सामाजिक सन्जालमा विरोध भइरहेको छ।
