शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्वअर्थमन्त्री अधिकारीको भेन्टिलेटरमा राखेर उपचार गरिँदै 

पूर्वअर्थमन्त्री अधिकारीको भेन्टिलेटरमा राखेर उपचार गरिँदै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – लामो समयदेखि श्‍वासप्रश्‍वास समस्याबाट पीडित पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था थप जटिल बनेको छ। अधिकारीको धुमबाराहीस्थित ह्याम्स अस्पतालमा आइसियुमा उपचार भइरहेको छ। 

अधिकारीलाई भेट्न पुगेका सांसद सोम प्रसाद पाण्डेका अनुसार ८२ वर्षीय अधिकारीको मुटु र फोक्सो र मृगौलामा समस्या देखिएको छ। उनले अचेत अवस्थामा भेन्टिलेटरमा राखेर अधिकारीको उपचार भइरहेको जानकारी दिएका छन्। 

अधिकारीलाई भेट्न पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई पनि अस्पताल पुगेका छन्। भट्टराईले अस्पताल पुगेर अधिकारीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका थिए। 

अधिकारी श्‍वासप्रश्‍वासमा समस्या देखिएपछि भैसेपाटीस्थित मेडोसिटी हस्पिटलमा उपचाररत थिए। त्यहाँ सञ्चो नभएपछि उनलाई ह्याम्समा ल्याइएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।