भैरहवा – भैरहवाको ब्यस्त बजार बैंकरोडमा शुक्रबार एकाविहानै चोरी भएको छ। बैंकरोडमा रहेको बिके ज्वेलर्सको सर्टरको लक तोडेर विहान करिव ५ बजे तिर चोरी भएको हो।
पसलका सञ्चालक प्रेमकुमार सेन्चुरीका अनुसार करिब ७ लाख मूल्य बरावरका गरगहना चोरी भएका हुन्। सिसीटिभी फुटेजमा देखिए अनुसार चोरहरुले १० मिनेटमा लक तोडेर चोरी कार्यगरी बाहिरीएको देखिन्छ।
बैंकरोड जस्तो मुख्य बजारमा चोरहरुले विहानीपख चोरी गर्नुले सुरक्षा चुनौति समेत थपिएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ। रुपन्देही प्रहरीका प्रवक्ता डिएसपी धर्मराज भण्डारीले चोरी कार्यमा संलग्नको खोजी तिब्र रुपमा भइरहेको बताए।
यता सुनचादी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष एमबि विश्कर्माले बहुमूल्य धातुको कारोबार गर्ने सुनचादी ब्यवसायीको प्रहरीले उचीत सुरक्षा दिन नसकेको भन्दै आपत्ति जनाए। उनले बारम्बार सुनचादी पसलमा चोरी हुँदा पनि प्रहरीले सुरक्षाको उचीत प्रबन्ध गर्न नसकेको आरोप लगाए।
तुलानात्मक हिसाबले सुरक्षीत ठानिएको बैंकरोडमा एकाबिहानै चोरी हुनु ब्यवसायहरुकोलागी सुरक्षा चुनौति भएको भन्दैं तत्काल सुरक्षा प्रबन्ध मिलाउन र चोरी कार्यमा संलग्नलाई तत्काल पक्रन भन्दै सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देही सुनचादी व्यवसायी संघ, सिद्धार्थ नगर सुनचादी ब्यवसायी संघ लगायतले जिल्ला प्रहरी कार्यलमा डेलिगेशन बुझाउँदै चोरलाई चाडो भन्दा चाडो पक्राउ गर्न आग्रह गरेका छन्।
व्यवसायीको सुरक्षा गर्ने जिम्मा प्रहरी प्रशासनको भएकाले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही नगरे निजी क्षेत्रले आन्दोलन गर्ने सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४