शनिबार, साउन १६, २०८३

ओलीले भने, वाइड बडीमा रवीन्द्र संलग्‍न थिएनन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – प्रधानमन्‍‍त्री केपी शर्मा ओलीले वाइड बडी घोटालामा दिवंगत पर्यटनमन्‍‍त्री रवीन्द्र अधिकारी संलग्‍न नरहेको बताएका छन्। मन्त्री अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित गर्न शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले वाइड बडी घोटालामा उनको संलग्नता नरहेको बताएका हुन्।

प्रधानमन्त्री ओलीले केही तत्वले मन्त्री अधिकारीलाई वाइड बडी घोटालामा प्रकरणमा जोडेर मानमर्दन गर्न खोजेको भन्दै आपत्ति समेत जनाए । 

‘मन्त्री अधिकारी कुनै प्रलोभनमा पर्ने खालको ब्यक्ति होइनन्’, प्रधानमन्त्री ओलीले भने। ओलीले मन्त्री अधिकारीले नेपालको नागरिक उडड्यनको क्षेत्रमा छोटो समयमै असाधारण काम गरेको बताएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।