शनिबार, साउन १६, २०८३

हिन्दु राज्य अब सडकबाट घोषणा हुन्छ : थापा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले हिन्दु राज्य अब सडकबाटै घोषणा गरिने बताएका छन्। मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रामा रहेको राप्रपाले विराटनगरमा गरेको आमसभामा बोल्दै नेता थापाले सरकार, नेकपा र नेपाली कांग्रेसलाई हिन्दु राज्य सहमतिकै आधारमा घोषणा गर्न आग्रह गरे। यसमा सहमति नजुटे सडकबाटै घोषणा गर्ने चेतावनी दिए।

‘राप्रपा कमजोर भएर उठ्न सकेन भने नेपालमा हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डा सदाका लागि समाप्त भएर जान्छ’, उनले भने, ‘सहमतिका आधारमा संविधानमा हिन्दु राष्ट्र कायम गर्ने हाम्रो प्रयास रहनेछ। त्यस्तो हुन सकेन भने हामी कडा कदम चाल्न बाध्य हुने छौं।’

‘नेपालको हिन्दु राष्ट्रको पहिचान खोसेर धर्म निरपेक्षता बनाउन गिरिजाप्रसाद, प्रचण्ड र माधब नेपाल मात्रै दोषी छैनन्’, उनले भने, ‘धर्म निरपेक्षता बनाउने पार्टी र नेतालाई मत दिने हिन्दुहरुका हात पनि दोषी छन्। नजानेर गरेको गल्ती सच्याउन सकिन्छ।’ थापाले राप्रपाले थालेको अभियान धर्म रक्षाको अभियान भएको समेत बताएका छन्।

थापाले हिन्दु राष्ट्र पुनःस्थापना लगायतका मुद्दा लिएर जनता ब्युझाउने र जनताको समर्थन माग्दै राप्रपा अभियानमा निस्किएको बताए।  १२ वर्ष अघि १२ बुँदे मार्फत तय गरिएको मार्गचित्रको प्रणालीगत कमजोरीले देशले दुःख पाएको थापाको भनाई छ। हरेक पार्टीका राम्रा नराम्रा पक्षलाई केलाएर जनताले आफ्नो विवेकको अधिकार प्रयोग गरेको दिन नेपालमा विकास, परिवर्तन र समृद्धि सम्भव भएको थापाले बताए।

‘प्रधानमन्त्रीका सन्तान छैनन्, कसैका लागि सम्पत्ति कमाएर राखिदिनु पर्ने आवश्यकता पनि छैन’, उनले भने, ‘हिम्मतका साथ एनसेल कर छली, सुनकाण्डदेखि हवाईजहाज खरिदसम्मका भ्रष्टाचारका दोषीलाई कारबाही गर्नुस् राप्रपाले साथ दिनेछ, भ्रष्टाचारीलाई कारबाही गर्न र विखण्डनको आवाजलाई निस्तेज पार्न सक्नु भएन भने इतिहासले माफ गर्ने छैन।’

राष्ट्रिय स्वाभिमान यात्राको तेस्रो दिन शुक्रबार राप्रपाको यात्रा झापाको दमकबाट प्रारम्भ भई मोरङका विभिन्न स्थानमा कोणसभा गर्दै विराटनगरमा आमसभामा परिणत भएको थियो। यात्रा शुक्रबार नै सुनसरी र सप्तरीका विभिन्न स्थानमा सभा गर्दै साँझ सिरहाको लाहान पुग्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।