शनिबार, साउन १६, २०८३

मन्‍त्री अधिकारी : जसले यस्तो चर्चित गीत लेखेका थिए 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं- ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई धेरैले एउटा राजनीतिककर्मीका रुपमा चिन्छन् । 

मन्त्री अधिकारी राजनीतिकर्मी मात्रै होइनन् । उनी साहित्यमा पनि उत्ति नै सक्रिय थिए । उनले 'समृद्ध नेपाल' र द 'रोड टु प्रस्पर्टी' नामक पुस्तक प्रकाशन गरेका छन् । उनले खासगरी मुलुकको विकासको सम्भाव्यताबारे लेख्ने गरेका थिए । 

उनै मन्त्री अधिकारीले एउटा चर्चित गीत पनि लेखेका छन् । जुन तपाईंले धेरै पटक सुन्नुभएको थियो होला । 'जोमसोमै बजारमा १२ बजे हावा सररर...' । नेपथ्य ब्यान्डले गाएको यो गीत एक समय निकै चर्चित थियो । आज पनि धेरैले गुनगुनाउने गरेका छन् । 



आज पनि जोमसोममा १२ बजे हावा चल्छ । तर रवीन्द्र कहिल्यै नचल्ने गरी बिदा भएका छन् । त्यो डाँडा ढाक्यो कुहिरोले भनेर गीतमा लेखेका उनको त्यही कुहिरो हेलिकप्टरले छल्न नसक्दा जीवनलीला समाप्त भएको छ । 

बुधबार ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा उनको हेलिकप्टर दुर्घटना भएर उनीसहित ७ जनाको मृत्यु भएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।