शनिबार, साउन १६, २०८३

भारी हिमपातले पश्चिम नेपालको जनजीवन कष्टकर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत- भारी हिमपातका कारण मध्य तथा सुदूरपश्चिम नेपालको जनजीवन निकै कष्टकर बनेको छ । पटक–पटकको हिमपातले खासगरी हिमाली जिल्लावासीको जनजीवन असहज बनेको हो । 

कर्णाली प्रदेशको हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोट, जाजरकोट, दैलेख, रुकुमलगायतका जिल्लामा हिमपात भएको छ । त्यस्तै, सुदूरपश्चिमका अछाम, बझाङ, बाजुरा, दार्चुला, बैतडी, डोटी र डडेलधुरामा समेत भारी हिमपात भएको छ । 

हुम्ला जिल्लाको बेँसीमा दुई फिट र उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिकाको लिमी, मुचु, चाला, हिल्सा, यारीमा करीब पाँच फिट हिमवर्षा भएको जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । १५औँ पटक हिमपात हुँदा जनजीवन निकै कष्टकर भए पनि मानवीय तथा पशुचौपाया कुनै क्षति नभएको प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले बताए । 

डोल्पा, मुगु तथा जुम्लीवासी नागरिकको अवस्था पनि निकै कष्टकर भएको पाइएको छ । हिमपातले कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाको हवाई उडान तथा सडक यातायात ठप्प भएका छन् । सरकारी कार्यालय, विद्यालय, उद्योग कलकारखाना तथा गैरसरकारी निकाय बन्द छन् । 

हिमवर्षाले यहाँका नागरिकको दैनिक कामकाज ठप्प भएको बताउँदै बेँसीमा दुई फिट र लेकमा चार फिट हिमपात भएको जिल्ला प्रशासन कार्यालय जुम्ला निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले जानकारी दिए । “हवाई यातायात सञ्चालन गर्न नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितको टोलीले विमानस्थलको हिउँ सफा गर्दैछौँ”, उनले भने । 

स्थानीयको मृत्यु 

हिउँको मारमा बालबालिका, बिरामी, वृद्ध र विपन्न नागरिक परेको पत्रकार नेत्रबहादुर शाहीले जानकारी दिए । पत्रकार शाहीका अनुसार यो एक दशकमा सबैभन्दा ठूलो हिमपात भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक सीताराम रिजालका अनुसार ले अत्यधिक हिमपातका कारण तातोपानी गाउँपालिकामा एकजना कठ्याङ्ग्रिएको र उनको उपचार भइरहेको छ । 

यस्तै डोल्पामा हिउँमा परी पातारासी गाउँपालिकाका एकको मृत्यु भएको छ । मङ्गलबारदेखिको अविरल हिमवर्षाले कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशको हवाई उडान बन्द भएको प्रमुख जिल्ला अधिकारीहरुले बताए । 

पहाडी जिल्लाका माथिल्लो भेगमा हिमपात भए पनि तल्लो भेगमा पानी परेको थियो । त्यस्तै, भारी हिमवर्षा र हुरीबतासका कारण चार वर्षसम्म निर्वाध बलेको जुम्ला चन्दननाथ मन्दिरको दियो निभेको छ । अब दैलेखको ज्वाला क्षेत्र श्रीस्थानबाट दियो लिएर आउने चन्दननाथ भैरवनाथ गुठी समिति जुम्लाले बताएको छ । 


––– 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।