शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवा र भट्टराईले भने, गोदावरीमा राजधानी हुनै शक्दैन

देउवा र भट्टराईले भने, गोदावरीमा राजधानी हुनै शक्दैन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी – पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सुदूरपश्चिम प्रदेशको राजधानी कुनै पनि दृष्टिकोणले गोदावरी उपयुक्त नभएको दोहो¥याएका छन्। नेपाल प्रेस युनियन कैलालीले बिहीबार धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले भन्दैमा  राजधानी गोदावरीको तेघरीमा उपयुक्त नहुने बताएका हुन्।

तेघरीको जंगल फडानी गरेर राजधानी बनाउनु कुनै पनि दृष्टिकोणले उपयुक्त नभएको देउवाको भनाई छ। उनले तेघरीमा जंगल फडानी गरेर राजधानीका लागि संरचना बनाउनु खर्च गर्ने दाउ मात्र भएको बताएका हुन्। 

भौतिक संरचना निर्माण र कार्यालय व्यवस्थापन खर्चको जोहो गर्न मुस्किल हुने भएकाले तयारी अवस्थामा रहेका संरचनालाई नै प्रयोग गर्न उचित हुने देउवाको भनाई छ। 

यस्तै नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पनि प्रदेशको नामाकरण र राजधानीका विषयमा सुदूरपश्चिमका पहाडी जिल्लाका जनता खुसि नभएको बताएका छन्।

केही दिनयता सुदूरपश्चिममै रहेका भट्टराईले काठमाडौं फर्किने क्रममा गेटा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सुदूर पहाडका जनताले नाम र राजधानी उपयुक्त नभएको गुनासो गरेको जनाए। तर गोदावरीमा राजधानी राख्ने निर्णय सुदूरपश्चिम प्रदेश सभाबाट बहुमतले पारित भइसकेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले केही  दिन अगाडी सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै गोदावरीमा राजधानी उपयुक्त भएको दावी गरेका थिए। देउवा कञ्चनपुर जानेक्रममा धनगढी पुगेका हुन् भने भट्टराई काठमाडौं फर्किएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।