शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपतिले खुलामञ्चमै पुगेर मन्त्री अधिकारीलाई श्रद्धाञ्जलि दिने

राष्ट्रपतिले खुलामञ्चमै पुगेर मन्त्री अधिकारीलाई श्रद्धाञ्जलि दिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – हेलिकप्टर दुर्घनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई श्रद्धाञ्जली दिन राष्ट्रपति विद्यादेवी भण्डारी खुलामञ्च जाने कार्यक्रम छ। उनले खुलामञ्चमा पुगेर श्रद्धाञ्जली दिने नेकपाका केन्दीय सदस्य विष्णु रिजालले जानकारी दिए। त्यसैगरी अधिकारीप्रति श्रद्धाञ्जली दिन प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली, नेकपाका अध्यक्ष प्रचण्डलगायत विभिन्न पार्टीका नेताकार्यकर्ता खुलामञ्चमा जम्मा हुनेछन्।

काठमाडौंबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौं फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटनामा परेको थियो।

दुर्घटनामा मन्त्री अधिकारी, यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो। उनीहरुको शव केही समयअघि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ। सबै शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भइरहेको छ। पोस्टमार्टपछि शव खुलामञ्चलमा लगी श्रद्धाञ्जलीका लागि राखिने कार्यक्रम छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।