शनिबार, साउन १६, २०८३

मन्‍त्री अधिकारीसहित ७ जनाको शव काठमाडौं ल्याइदैँ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमडौं- नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज काठमाडौँ ल्याउँदैछ ।  

बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएको थियो । तीन जनाको शव बिहीबार बिहान ल्याइएको छ । वर्षा र हिउँका कारण राती नै उठाउन नसकिए पछि बिहान मात्रै शव ल्याइएको थियो । .भने अन्य तीन जनाको शव भने  वर्षा र हिउँका कारण राती नै उठाउन नसकिएको सेनाले जनाएको छ ।

शव संकलनका लागि गएको टोली रातभरी दुर्घटना स्थलमै बसेर शव कुरेको थियो । 'वर्षा र हिमपातका कारण अत्यन्त चिसो भएपनि रातभरी शव कुरेर बसियो ।' उद्धार टोलीका एक सदस्यले बताए । 

बुधबार साँझ बाक्लो हिमपातका कारण घटनास्थलबाट बोकेरै शव ल्याउने प्रयास गरिए पनि असफल भएको घटना स्थलका खटिएका नेपाली सेनाका अधिकारीले जनाएका थिए । 

सुकेटार विमानस्थलबाट शव काठमाडौँ पठाउने तयारी गरिएकाे प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए । 

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा दुर्घटनामा परेको थियो । 

दुर्घटनामा मन्त्री अधिकारीसहित यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका सरकारी स्वकीय सचिव युवराज दाहाल, क्याप्टेन प्रभाकर केसी, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक विरेन्द्र प्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसओ अर्जुन घिमिरे, नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर धुर्वदाश घोचिमियाको निधन भएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।