आइतबार, असोज १८, २०८३

अफगानिस्तानमा बलिउड फिल्म सुटिङ हुँदा फाइटर जेटले घेरिन्थे कलाकार

अफगानिस्तानमा पहिलो पटक छायांकन गरिएको फिल्म ‘धर्मात्मा’ हो। जहाँ अफगानिस्तानको सुन्दर लोकेसन कैद गरिएका थिए। फिल्ममा हेमा मालिनीले ‘बन्जारन’ को भूमिकामा अभिनय गरेकी थिइन्।
 |  बुधबार, भदौ २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २, २०७८

अफगानिस्तानमा तालिबानले कब्जा जमाएपछि त्यहाँका जनता भयभीत छन्। यस्तो भयावह परिस्थितिबाट बच्न उनीहरू देश छाड्न पनि तयार छन्। अफगानिस्तानले शान्ति, सद्भाव र स्वतन्त्रपूर्वक बिताएका तस्बिर र भिडियो बाहिर आउँदैछ। यसै क्रममा त्यहाँ छायांकन भएका केही बलिउड फिल्मको पनि स्मरण गर्न थालिएको छ।

यो सुन्दर देशमा कयौं बलिउड सिनेमा सुटिङ भएका थिए। कैयौं गीतको छायांकन भयो। अफगानिस्तानमा पहिलो पटक छायांकन गरिएको फिल्म ‘धर्मात्मा’ हो। जहाँ अफगानिस्तानको सुन्दर लोकेसन  कैद गरिएका थिए। फिल्ममा हेमा मालिनीले ‘बन्जारन’ को भूमिकामा अभिनय गरेकी थिइन्।

अमिताभ बच्चनको फिल्म ‘खुदा गवाह’ पनि अफगानिस्तानमै सुटिङ भएको थियो। फिल्मका प्रमुख कलाकारलाई दर्शकको साथ र सहयोग पनि मिलेको थियो। त्यतिमात्रै होइन। खुदा गवाहको टिमलाई तत्कालीन राष्ट्रपति नजिबुल्लाह अहमदजाईले विवाहको पार्टीमा बोलाएका थिए। 


अमिताभ बच्चनको सुरक्षाका लागि अफगानिस्तानका सेना खटाइएको चर्चासमेत थियो। फिल्म छायांकनका क्रममा सबै कलाकार फाइटर जेटले घेरिएका हुन्थे।

जोन अब्रहाम र अरशद वारसीको फिल्म ‘काबुल एक्सप्रेस’को सुटिङ पनि अफगानिस्तानमा भएको थियो। त्यति बेला जोन अब्राहम र अरसद वारसीलाई आतंकबादीबाट धम्की आएको खबर पनि सार्वजनिक भएको थियो। 

सञ्जय दत्तको फिल्म ‘तोरबाज’ पनि अफगानिस्तानमा सुटिङ भएको हो। यो फिल्म अफगानिस्तानमा युद्धपछि बचेका बालबालिकाको जिन्दगीमा आधारित थियो। 


प्रकाशित: Aug 18, 2021| 14:48 बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।