शनिबार, साउन १६, २०८३

हरायको बाबा गोरखनाथको मूर्ति भेटियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – काठमाडौंको पशुपतिनाथ मन्दिर नजिक रहेको हंशमण्डपबाट शनिबार हरायको बाबा गोरखनाथको पुरानो मूर्ती एपीएफ टोलीले मंगलबार फेला पारेको छ।

सशस्त्र प्रहरी बल, नेपाल मन्दिर सुरक्षा वेश पशुपतिबाट सशस्त्र प्रहरी नायव निरीक्षक दधिराम पौडेलको कमाण्डमा खटिएको एपीएफ टोलीले काठमाडौं महानगरपालिका–८ स्थित पशुपतिनाथको मन्दिरबाट करीव तीन सय मिटर पूर्व उत्तरतर्फ रहेको जंगलमा अपरान्ह करीव पौने पाँच बजे उक्त मूर्ती फेला पारेको हो।  मूर्ती करीव ३५ तौलको रहेको छ।

गस्तीमा रहेको एपीएफ टोलीले त्यस ठाउँमा रहेको खरानीको रुखको जराभित्र वडार जस्तो ठाउँबाट मूर्ती बरामद गरेको हो।

पारिपट्टि डाडाँबाट त्यसतर्फ आउँदै गरेको एपीएफ टोलीलाई देखेर दुई जना व्यक्तिहरु मूर्ती छाडी भागेका थिए। मूर्ती उक्त वडार जस्तो ठाउँमा बालुवाले पुरेर राखेको अवस्थामा भेटिएको हो। उक्त मूर्ती एपीएफ टोलीले स्थानीय प्रहरीलाई बुझाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।