शनिबार, साउन १६, २०८३

हिन्दूलाई अल्पमतमा पार्ने षड्यन्त्र : थापा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

ताप्लेजुङ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म परिवर्तन नरोकिए नेपालमा हिन्दु, बुद्धिस्ट र किरात अल्पमतमा पर्ने चेतावनी दिएका छन् । ताप्लेजुङको फुङलिङमा बुधबार मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा शुभारम्भ गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

‘माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने नाममा नेपालीले हिन्दु राष्ट्र गुमाए, राजसंस्था गुमाए, फेरि विद्रोहको कुरा अस्वीकार्य छ’, थापाले भने,  ‘१२ वर्षको अवस्थालाई दृष्टिगत गर्दै परम्परागत शक्ति र परिवर्तनकारी शक्तिका बीचमा सामन्जस्य कायम गर्नुपर्छ ।’

देश अभिभावकविहीन भएको दाबी गर्दै थापाले भने, ‘राजादेखि सबै राजनीतिक शक्ति अटाउने मौलिक प्रजातन्त्रका लागि गोलमेच सम्मेलन गरौं ।’

संघीयता मुलुकले थेग्न नसक्ने अवस्थामा पुगेको र जनताको प्रत्यक्ष अभिमतबिना लागू गरिएको संघीयताबारे जनमत संग्रह गरिनुपर्ने उनले बताए । उनले भने, ‘दोहोरो तेहोरो करबाट जनतालाई मुक्ति दिलाउन अविलम्ब पहल गरियोस् ।’ 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।