शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जसले मन्त्री रविन्द्र सवार हेलिकोप्टर दुर्घटना अगाडिको दृष्य देखे

जसले मन्त्री रविन्द्र सवार हेलिकोप्टर दुर्घटना अगाडिको दृष्य देखे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटहरी – आज दिउसो १ बजे पाथिभरा मन्दिरबाट फर्कने क्रममा पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटनामा पर्‍यो। दुर्घटनामा देशले  पर्यटन क्षेत्रका धेरै विशिष्ठ  व्याक्तित्वहरु गुमाएको छ।

तारेभिरको खप्टेढुंगामा ठोक्किएर दुर्घटनामा पर्यटन मन्त्री रविन्द्र अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, क्याप्टेन प्रभाकर केसीलगायतका ७ जनाको ज्यान गएको  छ।  एयर डाइजेस्टीको कल साइन एएमआई भएको हेलिकप्टर दुर्घटनाको आधा घण्टापछि मात्रै गाइगुई भएको यो दुर्घटनालाई केहिले प्रत्यक्ष हेरेका थिए।

जीवन शेर्मा 

जीवन  सेर्मा पाथिभरा यात्राका क्रममा थिए। यात्राको लागी इटहरीबाट झापा अनि मेचि हाइवे हुँदै पाथिभरा हिडेका शेर्माले पाथिभरामा हेलिकप्टर आएको देखे। फर्केको देखे। र, झरेको पनि देखे। ‘हामी गलेर बल्ल–बल्ल थाकेर एउटा कटेरोमा बसेका थियौँ’, दुर्घटना बारेमा फोनमा कुराकानी गर्दै सेर्माले भने, ‘पाथिभारबाट निकस्केको हेलिकोप्टर हेर्दा हेर्दै ठोक्कियो।’ 

गाउँहरु नभएको भिरमा ठोकिएको हेलिकोप्टरबाट आगो र धुवाँको मुस्लो आएपछि आफूले चिनेका साथीहरुलाई सुनाएको अनि मात्रै ताप्लेजुङका प्रहरीदेखी सिडियोसम्मलाई जानकारी पुगेको शेर्माले बताए। उनले भने, ‘हेलिकप्टरको  दुर्घटना हुने बित्तिकै फोनमा जानकारी दिन नेटवर्क समस्याले दिएन। पछि नेटवर्क आउने ठाँउमा पुगेपछि मात्रै भन्न पाइयो।’

डिल्ली आचार्य

पाथीभरा मन्दीकार पुजारी डिल्ली आचार्य रातोसेतो कलरको हेलिकोप्टरमा मध्यान्न मन्त्रीको टोली आएको बेला धेरै हिँउ जमेको बताउँछन्। खाली खुट्टा बस्ने अवस्था नहुँदा मन्त्री अधिकारीले जुत्ता लाएरै पुजा गरेको र आफूले  खुवाएर  पठाएको पुजारी आचार्यले बताए। पाथिभराबाट उडेको केहि क्षणमै हेलिकोप्टर हिँउको आँधिमा हराएर भित्तामा ठोक्किएको उनले बताए। मोबाइलमा कुरा गर्दै आचार्यले भने, ‘हेलिकप्टर हराएको देख्यौं। सिस्नेमुल मुन्तीर लिङ्थिम भन्ने ठाँउमा झरेछ। यो ताप्लेजुङको फक्ताङलुङ गाँउपालीकामा पर्छ। हामीले झेपछि उडेको धुवाँको मुस्लो भने हेर्न पायौं।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।