शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्री रविन्द्र चढेको हेलिकोप्टर भीरमा ठोक्किएर टुक्राटुक्रा

मन्त्री रविन्द्र चढेको हेलिकोप्टर भीरमा ठोक्किएर टुक्राटुक्रा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेको छ। साढे एक बजेतिर ताप्लेजुङको दारेडाँडाको भिरमा कल साइन एएमआई (अल्फा माइक इन्डिया) को हेलिकोप्टर ठोक्किएर टुक्राटुक्रा भएको छ।

दुर्घटनामा परि सात जनाको मृत्यु भएको छ। हेलिकोप्टरमा सवार केहीको सव पुरै जलेको छ भने केहीको आधा जलेको छ। 



दुर्घटनामा परि मन्त्री अधिकारीसहित यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका सरकारी स्वकीय सचिव युवराज दाहाल, क्याप्टेन प्रभाकर केसी, विरेन्द्र प्रसाद श्रेष्ठ, अर्जुन गुरुङ, धुर्वदाश भोछिभैयालगायतको मृत्यु भएको हो।

हेलिकोप्टर विहान साडे आठ बजे काठमाडौंबाट ताप्लेजुङ गएको थियो। पाथिभरा दर्शन गरेर फर्किने क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो।

खराव मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको बुझिएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।