शनिबार, साउन १६, २०८३

शेयर बजार : सात अङ्कले घट्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा गिरावट भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७ दशमलव १७ बिन्दुले घटेर एक हजार १०२ दशमलव ५६ विन्दुमा झरेको छ। 

यस्तै ठूला कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५६ विन्दुले घटेर २३४ दशमलव २२ विन्दुमा पुगेको छ। स्टकका अनुसार आज कूल १६५ कम्पनीको छ लाख ५३ लाख २८ कित्ता शेयर कारोवार भए। तर कारोवार रकम भने सोमबारको तुलनामा कम भएको छ। स्टकका अनुसार आज रु १६ करोड ५६ लाख ७२ हजार २५८ मूल्यमा खरीद बिक्री भए। 

कारोवार भएका दश उपसमूहमध्ये आज सबै उपसमूहको शेयर घटेको छ। बैंकिङ चार दशमलव छ, होटल २६ दशमलव ९४, विकास बैंक चार दशमलव ७२, जलविद्युत् छ दशमलव ४७, वित्त दुई दशमलव ६५, निर्जीवन बीमा ४५ दशमलव ०२, उत्पादन २१ दशमलव पाँच, अन्य सात दशमलव ७६, लघुवित्त १४ दशमलव ३३ र जीवन बीमा ३१ दशमलव २४ विन्दुले घटेको छ। 

घटेको बजारमा नेशनल हाइड्रोपावरका शेयरधनीले तीन दशमलव ३३, पूर्णिमा विकास बैंक दुई दशमलव ६७, गुर्खाज फाइनान्स लिमिटेड एक दशमलव ९८, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाका शेयरधनीले एक दशमलव ९० प्रतिशतले कमाएका छन्। 

यस्तै जोशी हाइड्रोपावरका शेयरधनीले सात दशमलव ८५, नाडेप लघुवित्त वित्तीय संस्था तीन दशमलव ९६, हिमालयन डिस्ट्रिलरीका शेयरधनीले तीन दशमलव ९२ र स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले तीन दशमलव ७७ प्रतिशतले कमाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्