आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एनसेल विष्फोटमा बिप्लवको पार्टी सलग्न रहेको गृहमन्त्रीको दावी

एनसेल विष्फोटमा बिप्लवको पार्टी सलग्न रहेको गृहमन्त्रीको दावी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले एनसेल बिष्फोटनमा  नेत्रविक्रम चन्द नेतृत्वको पार्टीको संलग्नता रहेको दावी गरेका छन्। 

आइतबार राज्य व्यवस्था समितिको बैठकमा एनसेल मुख्यालय तथा टावरहरुमाथि भएको आक्रमणको जानकारी दिँदै उनले सो कुरा बताएका हुन्।

विगतमा बम विस्फोटको शृङ्खलामा विप्लव नेतृत्वकै पार्टीको हात रहेको जिकिर गर्दै गृहमन्त्री थापाले यो घटना पनि विप्लव तत्त्वले नै घटना घटाएको सूचना आएको दावी गरे। 

गृहमन्त्री थापाले १ नम्बर प्रदेशबाहेक सबै प्रदेशमा एनसेलको टावरमाथि आक्रमण भएको जानकारी दिए। नख्खु बम काण्डका  संलग्नहरुको  पहिचान भइरहेको उनले दावी गरे।  उनले अभियुक्तहरुलाई चाँडै सार्वजनिक गर्ने भन्दै समितिका सदस्यहरुलाई आश्वास्त पारे। थापाले  यस घटनामा १६ जना पक्राउ परेको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी पनि दिए।

गृहमन्त्री थापाले विप्लव समूहलाई यसअघि नियन्त्रण गरिए पनि उन्मुक्ति दिँदा उनीहरु थप हौसिएको बताए। ‘सरकारले छुट्टै कार्ययोजना ल्याएर यसलाई नियन्त्रण गर्छ,’ उनले भने। सो विष्फोटनको अहिलेसम्म कसैले पनि औपचारिक जिम्मेवारी लिएका छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।