आइतबार, साउन १७, २०८३

त्रिपालमा सुर्खेतका कैदीबन्दी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत - त्रिपालमुनि पस्नेबित्तिकै उकुसमुकुस लाग्ने ठाउँ। बीचमा लहरै बिस्तरा। दुवैतिर मान्छे छिर्न सक्ने गरी बनाइएका ढोका। यो दृश्य हो सुर्खेत कारागारको। साना तीनवटा त्रिपालका झुप्रा छन्। त्योभन्दा अल्ली ठूला र टिनको पाताले छाएका तर जिर्न तीतवटै टहरा छन्।

पुस÷माघको कठ्यांग्रिँदो सिरेटो या जेठ/वैशाखको भतभती पोल्ने घाम, चाहे असारे झरी किन नहोस्। जस्तोसुकै कष्ट सहेर पनि बाँच्नुपर्छ सुर्खेतका कैदीलाई। एउटा पक्की भवन त छ तर त्यो भवनमा कैदी घटाउन सक्ने अवस्था छैन। कारण ५० जनाको क्षमता भएको कारागारमा अहिले दुई सय ४२ जना कैदीबन्दी छन्। यसरी क्षमताभन्दा चौकुना बढी कैदी हुँदा टिन र त्रिपालको झुप्रोमा बस्नुपर्ने बाध्यता छ कैदीबन्दीका लागि। पानी परेको दिन त झन् सुत्न सक्ने ठाउँसम्म हुँदैन। जसले गर्दा जाग्राममा बस्छन् कैदीहरू। ट्वाइलेटको लाइनदेखि खान र बस्नको पनि समस्या उस्तै छ।



एकातिर ४६ वर्षदेखि कारागारको स्तरोन्नति हुन सकेको छैन भने अर्काेतर्फ भवन पनि जीर्ण बन्दै गएको छ। जसका कारण २०२९ सालमा स्थापना भएको ५० जना क्षमताको कारागारमा हाल २ सय ४२ जना कैदी बस्न बाध्य भएका छन्। कारागारमा पुरुषको संख्या २ सय २० रहेको छ। जसमध्ये ६९ थुनुवा र १ सय ५१ कैदी छन्। त्यस्तै २० जना महिलामध्ये ३ जना थुनुवा, १७ कैदी र २ नाबालक छन्। कैदीको संख्या चौगुणा बढी हुँदा पनि भवनको मर्मतसम्भारमा कसैले पहल थालेका छैनन्। बेलाबेलामा सांसद र मन्त्री पुग्ने गरे पनि मर्मतसम्भारमा कसैले चासो नदिएको कारागारका नाइके दाइ धीरज पराजुली बताए।

‘हावाहुरी र पानी पर्दा रातभर जाग्राम बस्छौँ’, पराजुलीले भने, ‘खाना पकाउने भाँडाकुँडा र चुलोको अभावमा समयमा कहिल्यै खान पाउँदैनौँ, यसलाई यातना गृह नभनेर के भन्ने ? सुत्ने कोठा नहुँदा त्रिपालमुनिको बास छ।’

‘राम्रोसँग सुत्न पनि पाउँदैनौँ’, अर्का कैदी कुमार कार्की भन्छन्, ‘हामीलाई सजायभन्दा सास्ती धेरै भएको छ।’ मुख्यमन्त्री, मन्त्री र सांसदहरु धेरैपटक कारागारमा आएको जानकारी दिँदै उनले भने, ‘पर्याप्त मात्रामा न शौचालय, न सुत्ने कोठा ?’ कारागारमा पुरुषका लागि चार वटा र महिलाका लागि एउटा मात्रै शौचालय छ। शौचालय प्राप्त मात्रामा नभएकै कारण लाइन बस्नुपर्ने बाध्यता रहेको कैदीहरु बताउँछन्।

कारागारमा महिला कैदीका लागि दुइ कोठा र पुरुषका लागि सात कोठा छन्। क्षमताभन्दा धेरै कैदीबन्दी हुँदा सुत्ने ठाउँ मात्रै होइन, शौचालय, पानीको पनि समस्या हुँदै आएको छ। चार गुणा बढीहरु राख्नुपर्दा थुप्रै समस्या व्यहोर्नुपरेको कारागार कार्यालय सुर्खेतका जेलर लालबहादुर खत्री बताउँछन्। ‘कारागारको क्षमता ५० जना मात्रै हो तर अहिले २ सय ४२ जना कैदीहरु बसेका छन्’, जेलर खत्रीले भने, ‘पानी पर्दा त कैदीहरु पालो गरेर सुत्छन्।’

यता कारागारको स्तरोन्नतिका लागि प्रदेश सरकारले जासो देखाए पनि भवन निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका सबै कारागारको भवन निर्माणका लागि तीन करोड ११ लाख १२ हजारका दरले रकम छुट्याएको छ तर बजेट विनियोजन भएको सात महिना बितिसक्दा पनि प्रक्रिया अघि बढ्न सकेको छैन। यसै आर्थिक वर्षमा कारागारको भवन निर्माण गरी सक्नेगरी सुर्खेत, सल्यान, कालीकोट, पश्चिम रुकुम र जुम्ला कारागारको भवन निर्माणका लागि सरकारले रकम छुट्याएको जनाएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।