आइतबार, साउन १७, २०८३

राणालाई छाडेर बोहोरा थापाको पार्टीमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं–   डा प्रकाशचन्द्र लोहनीसँग पार्टी एकीकरण गरेपछि असन्तुष्ट बनेको राप्रपा प्रजातन्त्रिकका उपाध्यक्ष दीपक बोहोरा फेरि कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेका छन्। उनी प्रवेश लगतै राप्रपाका बरिष्ठ नेतामा  मनोनित भएका छन् । राप्रपा अध्यक्ष कमल थापाले उनलाई आइतबार नै बरिष्ठ नेतामा मनोनित गरेका छन्। 

अध्यक्ष थापाले आइतबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच राप्रपा अध्यक्ष कमल थापाले बोहरासहितका नेताहरुलाई पार्टीमा स्वागत गरे। 

राप्रपामा एकीकृत हुनेमा बोहरासहित कोषाध्यक्ष नीलकण्ठ काफ्ले, प्रवक्ता प्रदीप कुमार उदय, सहायक महामन्त्री विन्दु पहाडी, सहायक महामन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ, प्रशिक्षण बिभाग प्रमुख सुरेन्द्र केसी, केन्द्रीय सदस्यहरु सरोज शर्मा, ताहिर अलि, दिलिप बस्नेत, मिना स्वर्णकार, दिपक राई, गंगाराम कलवार लगायत तीन दर्जन केन्द्रीय सदस्य र विभाग र भातृ संगठनका प्रमुखहरु  छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।