आइतबार, साउन १७, २०८३

कांग्रेस मुख्यालयमा कुटाकुट, १० जना घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यालय घेराउ गर्ने क्रममा नेपाल विद्यार्थी संघका दुई समूहबीच कुटाकुट भएको छ । घटनामा १० जना घाइते भएका छन् । संस्थापन पक्ष विद्यार्थी र सिटौला  पक्षीय विद्यार्थीबीच झडप भएपछि प्रहरीले बल प्रयोग गरेको छ ।

संस्थापन पक्षीय विद्यार्थीले पार्टी र विद्यार्थी संघमा अनुशासन कायम राख्नुपर्ने भन्दै बिहानदेखि पार्टी कार्यालयमा प्रदर्शन गरेका थिए । सिटौला पक्षीय विद्यार्थीले नेपाल विद्यार्थी संघमा तत्काल तदर्थ समिति गठन गर्नुपर्ने र विधानअनुसार ३२ वर्षे उमेरहद लागू गर्नुपर्ने लगायतका माग राख्दै पार्टी कायालयमा धर्नामा थिए ।



नेपाल विद्यार्थी संघको विघटनपछि नयाँ समिति गठन गर्ने विषयमा शीर्ष नेतृत्वमै सहमति हुन नसक्दा विद्यार्थी संघ फरकफरक धारमा विभाजित भएको छ ।

यसैबीच नेपाल विद्यार्थी संघको विवाद चुलिँदै गर्दा गत बिहीबार पार्टी उपसभापति विमलेन्द्र निधिलाई संस्थापन इतर समूहका विद्यार्थीले दुव्र्यवहार गरेपछि विवाद चर्किदै गएकोे छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कपिलराज बोहराले दुई समुहबीच कुटाकुट गर्दा प्रहरीले बल प्रयोग गर्नुपरेको जानकारी दिए । उनका अनुसार घटनामा विद्यार्थी नेता दीपेन्द्र क्षेत्रीलगायत १० भन्दा बढी घाइते भएका छन् । उनीहरुको स्टार हस्पिटलमा उपचार भइरहेको संघका नेता मोतीलाल भण्डारीले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।