काठमाडौं- पार्टीलाई कमजोर बनाउने काम नेताहरुले नै गरेको भन्दै नेविसंघले कांग्रेस पार्टी कार्यालय सानेपा घेराउ गर्ने भएको छ ।
नेताहरुबीचको आपसी विवाद, अनुशानहिनता र अराजकताले पार्टीलाई कमजोर बनाएको भन्दै भातृ संगठन नेविसंघले केन्द्रीय कार्यालय घेराउ गर्ने तयारी गरेको हो ।
प्रदर्शनको नेतृत्व नेविसंघ पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले गर्दैछन् । यस्तै नेविसंघ सक्ने खेलमा नेताहरु नै लागि परेकाले त्यसको विरोधमा पनि प्रदर्शन गर्न लागिएको उनले जानकारी दिए । नेविसंघको नेतृत्वमा शाहले दाबी गर्दै आएका छन् ।
आजै पार्टी केन्द्रीय कार्यालयमा सानेपामा कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ । त्यसअगाडि खबरदारी गर्न विद्यार्थीहरुले प्रदर्शन गर्न लागेका हुन् । पार्टी कार्यालय घेराउ गरेर मौन प्रदर्शन गरिने शाहले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४