आइतबार, साउन १७, २०८३

यसकारण बढ्दैछ सुनको भाउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- केही दिनअघि मात्रै पाँच वर्ष यताकै महंगो सुनको भाउ पुगेको थियो। बुधबार प्रतितोला छापावाल सुन तोलाको ६३ हजार तीन सय रुपैयाँ पुगेको हो।
यसअघि ०६९ साल मंसिरमा नेपाली बजारमा ६३ हजार सात सय रुपैयाँ सुनको भाउ पुगेको सुनचाँदी व्यवसायीहरु बताउछन्। त्यसयता सबैभन्दा उच्च सुनको मूल्य बुधबार पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिरत्न शाक्यले माघदेखि यता सुनको भाउ बढ्दो क्रममा रहेको बताए। अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ बढेकोले नेपाली बजारमा समेत त्यसले असर पारेको उनको भनाइ छ।

महासंघको पछिल्लो तीन वर्षको तथ्यांकअनुसार ०७३ साल फागुन पहिलो हप्ता सुनको भाउ तोलाको ५५ हजार पाँच सय रुपैयाँ वरीपरी थियो। त्यस्तै ०७४ फागुनको पहिलो हप्ता प्रतितोला ५८ हजार रुपैयाँको हाराहारीमा थियोभने अहिले प्रतितोला करिब चार हजार रुपैयाँ बढेर ६२ हजार रुपैयाँ पनि क्रस गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले पछिल्लो समय अमेरिका र चीनको ‘ट्रेड वार’को कारण सुनको मूल्य बढ्न पुगेको बताए। तर अहिले सुधारात्मक दिशामा अघि बढेको देखिएको छ। ‘अहिले अमेरिका र चीनबीच वार्ता हुने भन्ने भएपछि सुनको बजारमा मूल्यमा फेरि करेक्शन देखिएको छ।
 
‘जब अमेरिकामा डोनाल्ड ट्रम्पले संकटकालको घोषणा गरे विश्वको आर्थिक क्षेत्र सशकित भयो,’ उनले भने ‘विश्व बजारमा अर्थतन्त्रमा केही हलचल देखिन साथ विश्वका शक्ति बैंकहरुले पूँजीको रुपमा सुनलाई स्टक रिजर्भ गर्ने गरेको देखिन्छ।’ 

पछिल्लो समय पनि त्यस्तै भएको कारणले सुनको भाउ उकालो लागेको हो। अहिले सुधारका लक्षण देखिएसँगै संकलित सुन बजारमा आउन थालेकाले बढेको मूल्य घट्न गएको हो।

संसारको आर्थिक केन्द्रको रुपमा अमेरिकाको न्युयोर्कको मोनार्क कोमेक्स हाउसमा प्रति औंस सुन १३५० डलर पुग्ने प्रक्षेपण गरिएको थियो। तर विश्व अर्थतन्त्रमा सुधार देखिएको कारणले १३४३ डलरदेखि फर्किएको व्यवसायीहरु बताउँछन्। प्रति औंसमा ३१.१० ग्राम हुन्छ। शुक्रबार घटेर प्रतिऔंस १३२५ पुगेको छ। अहिले विश्वबजारमा सुनको मूल्य अस्थिर छ। कतिखेर बढ्छ वा घट्छ भन्न सक्ने अवस्था नरहेको विज्ञहरु बताउँछन्। 

आजभन्दा तीन वर्षअघि कोमेक्स हाउसमा सुन प्रतिऔंस ११८० डलर हुदा नेपालमा प्रतितोला ४७ हजार सात रुपैयाँमा झरेको महासंघका पूर्व अध्यक्ष शाक्यको भनाइ छ। उनी भन्छन,‘सुनको मूल्यमा उत्तरचढाव भइरहन्छ।’

व्यवसायीका अनुसार विश्वमा शेयर बजार बढे सुनको भाउ घट्छ। शेयर बजार र सुनबीच विपरित सम्बन्ध छ। त्यस्तै समान्यतया अमेरिकामा डलरको भाउ घटे सुनको बढ्छ र सुनको घटे डलरको भाउ बढ्छ। अहिले डलर खासै मजबुद भएको छैन। केही महिनाअघिको तुलनामा अमेरिकी डलर कमजोर भएको छ। असोजमा डलरको मूल्य ११९.३३ पैसा थियो भने अहिले घटेर ११४ रुपैयाँको हाराहारीमा छ।

विश्व बजारमा कच्चा तेलकोे मूल्य घट्दा सुनको मूल्य पनि घट्ने गरेको छ। जसरी सुन खानीमा इन्धन प्रयोग गर्दा भाउ घटे लागत पनि घट्ने भएकोले यसले प्रभाव पार्ने गरेको जानकार बताउँछन्। 

भारुको कारण कहिलेकाँही अन्तर्राष्ट्रिय बजरमा सुनको मूल्य घट्दा नेपालमा बढ्ने र बढ्दा नेपाली बजारमा घट्न पनि सक्छ। नेपाली रुपैयाँ भारुसँग सटही दर निश्चित गरेको कारण डलर लगायत अन्य विदेशी मुद्राको सटही दर स्वतन्त्र नभएकोले त्यस्तो देखिएको हो। भारुसँग अन्य मुद्राको सटही दर तलमाथि हुँदा नेपाली रुपैयाँ पनि स्वतः तलमाथि हुने गर्दछ।

व्यवसायीहरुका अनुसार अहिले नेपाली बजारमा दैनिक २० देखि २५ किलो सुनको खपत छ। सुनको पिक आवरमा ३५ किलोभन्दा बढी दैनिक खपत हुन्छ। कतिपय सुनको माग आन्तरिक बजारमा रहेको गरगहनालगायतबाट पनि पूर्ति गर्ने गरिएको छ। बजारमा दैनिक ३०-४० किलो सुनको माग भए तापनि सरकारले बजारमा दैनिक २० किलोको कोटा मात्र उपलब्ध गराउँदै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।