शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बेलायतका उद्योगीलाई लगानी गर्न अर्थमन्त्रीको आग्रह

बेलायतका उद्योगीलाई लगानी गर्न अर्थमन्त्रीको आग्रह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले दुई दर्जनभन्दा बढि बेलायती कम्पनीका व्यवसायी तथा लगानीकर्ताहरुसंग छलफल गरेका छन्। ब्रिटिश एक्सपर्टिज इन्टरनेशनल(बिईआई)ले आयोजना गरेको नेपालमा लगानीको अवसर विषयक कार्यक्रममा उनले नेपालमा लगानीको अवसर, वातावरण र सम्भावनाका बारेमा स्पष्ट पारे। 

उनले नेपालमा लगानीको लागि उपयुक्त गन्तव्य भएको भन्दै लगानी गर्दाका सापेक्षित लाभहरु बारे बेलायतस्थित नेपाली लगानीकर्तालाई जानकारी गराएका थिए।   ‘नेपालमा लगानीका लागि सरकारले लगानी बोर्डलाई विशिष्टिकृत संस्थाको रुपमा विकास गर्दै ठूला लगानीलाई एकद्वार सेवा उपलब्ध गराउने भएका छौं,’ उनले भने, ‘त्यसले नेपालमा लगानी गर्न सहज बन्ने छ।’

लगानी सम्मेलनबाहेक वैदेशिक लगानी प्रर्बद्धनका नियमित क्रियाकलाप के-के छन् भन्ने जिज्ञासामा अर्थमन्त्री खतिवडाले नियमित रुपमा विदेशस्थित नेपाली नियोगलाई आर्थिक कुटनीतिको लागि परिचालन गर्ने, सूचना प्रविधिको अधिक उपयोग गर्दै लगानी बोर्ड, उद्योग मन्त्रालयमार्फत लगानी प्रवर्द्धनात्मक क्रियाकलाप सञ्चालन गर्ने बताए। सरकारका नीति कार्यक्रम तथा वार्षिक बजेटमार्फत समस्याको सम्बोधन गर्ने विषयमा समेत प्रष्ट्याएका थिए।

कार्यक्रममा नेपालमा गरिने लगानीको सुरक्षा र सहज वातावरण बनाउन सरकार तयार रहेको प्रतिवद्धता जनाए। चैत १५ र १६ गते हुन लागेको लगानी सम्मेलनको पूर्व तयारी स्वरुप खतिवडा बेलायत पुगेका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्