बिहीबार, चैत १२, २०८२

बच्चाका लागि ब्युटी प्रोडक्ट 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
कोरियाको कस्मेटिक कम्पनीले चारदेखि पाँच वर्षको बच्चाहरुलाई निशाना बनाउँदै ब्युटी प्रोडक्ट र स्पा सुरु गरेको छ। स्पामा फुट बाथ, मसाज, फेस मास्क, मेकअप र मेनीकेयर सेवा उपलव्ध गराइन्छ। कम्पनीका अनुसार १७०० देखि २५०० रुपैयाँमा सबै गर्न सकिनेछ।

कम्पनीले लिएको गतीमा सानो उमेरका बच्चाहरुको पनि आर्कषण वढेको देखिन्छ। बच्चाहरुको आकर्षण बढेपनि यसको विरोध भइरहेको छ। सुन्दर बन्नमा ब्यस्त हुँदै बालकहरु आफ्नो वाल्यवस्था विर्सिँदै गएका छन्। र उनीहरुमा छिट्टै जवान बन्ने चाहना बढ्दै छ।

बच्चाहरुलाई सुन्दर बनाउनेलाई ‘के व्युटी’ भन्नाले ‘किन्डर गार्डेन ब्युटी’ बुझिन्छ। कोरियाका बच्चाहरुमा मेकअप क्रेज धेरै बढेको छ। बच्चाहरु युट्युबमा मेकअप युक्ती सेयर गर्दैछन्।
प्राइमरी स्कुल जाने बच्चाको मेअप कस्तो हुनुपर्छ भन्ने प्लान गर्छन्। यस बाहेक प्रोडक्टको नँया भिडियो पनि प्रमोट गर्दैछन्। 

बच्चाको व्युटी प्रोडक्ट बनाउने शुसु कस्मेटिक कम्पनी साउथ कोरियामा २०१३ सञ्चालनमा आएको थियो। स्वस्थ र राम्रो प्रोडक्ट बनाउने निधो गर्दै हाल १३ पसलहरु सञ्चालनमा छन्। 

पानीमा मिसिने नेल पोलिस, नन टक्सीक लिप कलर, फेन्सी गर्ल साबुन, बेकरी दुधबाट बनेको स्याम्पु जस्ता सामानहरु कम्पनीले बच्चाहरुको लागी उत्पादन गरेको छ। यी सबै सामान आार्षक प्याकिङमा उपलब्ध छ। 

सियोलमा प्रीपरा किड्स क्याफे छ। जँहा चारदेखि नौं वर्ष उमेरका बालिकाहरु आफूलाई  मनपर्ने कार्टुन जस्तै स्पाको मजा लिँदै तयार हुन्छन्। यस सँगै क्याटवाल्क र डान्स गर्दै स्टुडियोमा रेकर्डिङ गर्छन्। 

फ्रिलेन्स मेकअप आर्टिस्ट सियो गारम भने यसको विरोध गर्छन्। बच्चाको मेकअप गर्न उनी मान्दैनन्। उनले आफ्नो फेसबुकमा लेखेकी छिन् क्रिपया बालिकालाई रातो लिपिस्टिक र कर्ली कपाल बनाएर उनको तस्बिर प्रयोग गर्न बन्द गरौं। 

सियोलका कोनकुक युनिर्भसिटिका प्रोफेसर यून अनुसार सुन्दर कार्टुन जस्तै बच्चाको मेकअप गरिन्छ। बिस्तारै बच्चाहरुले कार्टुनको ब्यवहार अंगाल्न सिक्छन्। यसले गर्दा बालिकाहरुमा सुन्दर देखिनु नै ठूलो आवश्यकता हो भन्ने हुन्छ। 

साउथ कोरिया व्युटि एक्सपर्टक ली हवाजुका अनुसार कस्मेटिक कम्पनीले खास रणनीति बनाई बच्चाहरुलाई फोकस गरी उपभोक्ता वढाउन खोजेको हो।  सुंगशिन वुमन युनिर्भसिटिका ब्युटी स्टडिजका प्रोफेसर किम जु–डकका अनुसार २०१६ मा प्राथमिक विद्यालयमा २८८ बच्चामा गरिएको सर्वेमा ४२ जना बालिका मेकअपमा विद्यालया आएका थिए। 

६ वर्ष उमेरका बालिकाकी आमाका अनुसार प्रीपरा किडस क्याफेको माहोलले बच्चाहरुलाई अर्कै दुँनियाको अनुभुति गराउँछ। जँहा बच्चाहरु आफूलाई सुन्दर र ठूलो महसुस गर्ने गर्छन्। तर उनले आफ्नो छोरीलाई त्यो दुँनियाको धेरै असर पर्न दिएनन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्