शनिबार, साउन १६, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज फागुन ९ गते बिहीबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी। 

'अस्ट्रेलियामा नर्सिङ पढाउने शैक्षिक संस्था बन्द!'

हजार बढी नेपाली नर्सिङका विद्यार्थीलाई अलपत्र पार्ने अस्ट्रेलियाको अस्ट्रेलियन इन्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) बाहेक नेपाली विद्यार्थीले नर्सिङ पढ्दै गरेका अन्य शैक्षिक संस्था पनि बन्द हुन सक्ने अस्ट्रेलियन मिडियाले बताएको छ।

अस्ट्रेलियामा विद्यार्थी अलपत्र पार्ने कन्‍सल्टे‍न्‍सीमाथि छानबिन

नर्सिङ पढ्न करिब एक हजार विद्यार्थीलाई अस्ट्रेलिया पठाउने शैक्षिक परामर्शदाता कम्पनी (कन्सल्टेन्सी) माथि शिक्षा मन्त्रालयले छानबिन गर्न थालेको छ। अस्ट्रेलियाको सिड्नीमा रहेको अस्ट्रेलियन इन्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) कलेजको सम्बन्ध खारेज भएपछि  नर्सिङमा ब्याचलर अध्ययन गर्न त्यहाँ पुगेका एक हजार विद्यार्थी अलपत्र परेका छन्।

भुइँमै घिस्रिएको ओली उडान

पोहोर साल फागुन ३ गते सुविधाजनक बहुमतसहित सत्तारूढ हुँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घोष गरेका थिए- 'हामीलाई असफल हुने कुनै सुविधा छैन।' हामी अक्सर सुन्ने गर्छौं- 'हाम्रो विकल्प छैन। हामी असफल भए कोही पनि सफल हुन्न।

समाजकल्याण परिषद्का चार पदाधिकारी पदमुक्त, सामाजिक सञ्‍जालको कार्यालय नेपालमै खोल्‍ने

सरकारले समाजकल्याण परिषद्का पदाधिकारीलाई पदमुक्त गरेको छ। परिषद्का उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्य इन्द्रबहादुर झा, गोकर्णप्रसाद भट्ट र सदस्य सचिव डिल्लीप्रसाद भट्टले बदनियतपूर्वक र कानून विपरीत कार्यसमेत गरी परिषदलाई हानि पुर्‍याएको भनी निजहरुलाई पदमुक्त गरिएको छ। 

त्यसपछि बिरामीहरु सुर्खेत आउन थाले...

करिब एक वर्ष अघि कोहलपुर र नेपालगञ्जका अस्पतालहरु कर्णालीका बिरामीहरुले भरिन्थे। जटिल या सामान्य जस्तो सुकै बिरामीजस्तो भएपनि नेपालगञ्ज जानै पर्थ्यो। कारण आँगनमै भएको क्षेत्रीय अस्पताल सुर्खेतप्रति बिरामीहरुको विश्वास थिएन। विश्वास होस् कसरी? क्षेत्रीय अस्पताल आफैंले बिरामीहरुलाई अञ्चल अस्पताल नेपालगञ्ज र कोहलपुरका लागि रिफर गर्थ्यो।

नेकपा कार्यदल बैठक फेरि निष्कर्षविहीन

सांगठनिक एकता प्रक्रिया टुंगोमा पुर्‍याउन गठित नेपाल कम्युनिस्ट पार्टी कार्यदलले एक साता समय मागेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकमा सहभागी कार्यदलका सदस्यहरूले एकता प्रक्रिया टुंगोमा पुर्‍याउन एक साता समय मागेका हुन्। 

सामाजिक सञ्‍जालको दुरुपयोग : नसोचेको फन्दामा पर्नुहोला !

सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको छ ? वा रमाइलो त हो नि भन्दै विद्युतीय माध्यममा कोही कसैको अपमान त गर्नुभएको छैन ? यदि त्यसो गर्नुभएको छ भने अब तपाइँलाई कडा कारवाही हुन सक्छ।

६५ वर्षभन्दा बढी उमेरका कामदारलाई प्रतिबन्ध

दक्षिण कोरियाको सर्वोच्च अदालतले कामदारका लागि योग्य हुन अधिकतम उमेर हद ६५ वर्ष तोक्न आदेश दिएको छ। अदालतको यस आदेशले अवकाशको उमेर र केही उद्योगमा प्रभाव पार्नेछ।

अष्ट्रियाका विदेशमन्त्री करिन काठमाडौँमा

अष्ट्रियाका विदेशमन्त्री करिन किनाइसल नेपालको तीन दिने औपचारिक भ्रमणमा आज अपराह्न राजधानी आईपुगे। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा आएकी उनले आफ्ना नेपाली समकक्षी ज्ञवालीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ। 

'बेटी पढाई, बेटी बचाई' अभियानअन्तर्गत शिक्षा बीमाको उद्‍घाटन

प्रदेश नम्बर २ मा प्रदेश सरकारले शुरु गरेको 'बेटी पढाई, बेटी बचाई' अभियान अन्तर्गत शिक्षा बीमाको बिहीबार  राष्ट्रपति विद्या देवी भण्डारीले औपचारिक रुपमा उद्घाटन गरेका छन्। 

उपप्रमुखको ज्यान मार्ने धम्कीप्रति कांग्रेसको आपत्ति

नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकाकी उपप्रमुख तथा नेपाली कांग्रेसकी नेतृ पार्वती शाह ठकुरीलाई ज्यान मार्ने धम्की आएको भन्दै आपत्ति जनाएको छ।

महिला कुट्दै हिड्न थाले रुकुमका वडाध्यक्ष 

जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका– ११ का वडाध्यक्ष जयकुमार बुढामगरले सोही वडा निवासी ४१ वर्षीया जयपुरा बुढामगरमाथि कुटपिट गरेका छन्। निर्माणाधीन महिला भवनलाई पक्की बनाउने विषयमा विवाद हुँदा वडाध्यक्षले जयपुरालाई कुटपिट गरेको बताइएको छ। 

भ्रष्टाचार गर्ने सेनापतिलाई आजीवन जेल सजाय

चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन काराबासको सजाय दिने फैसला भएको छ । सैन्य अदालतले नै  दोषी ठहर गर्दै आजीवन जेल सजायको फैसला गरेको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

महेन्द्रनगर क्वालिफायरमा प्रवेश, रुपन्देही १ रनले पराजित

शरद भेषवाकरक कप्तानीमा रहेको महेन्द्रनगर युनाटेड तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल)को क्वालिफायरमा प्रवेश गरेको छ । बिहिबार भएको इलिमिनेटर खेलमा रुपन्देही च्यालेन्जर्सलाई १ रनले पराजित गर्दै महेन्द्रनगर क्वालिफायरमा प्रवेश गरेको हो। 

युभेन्ट्सको एट्लेटिकोसँग लज्जासपद हार

इटालियन सिरी ए क्लब युभेन्ट्स च्याम्पियन्स लिग अन्तर्गत प्रि-क्वाटरफाइनलको पहिलो लेगमा पराजित भएको छ। बुधबार राति भएको खेलमा युभेन्ट्स स्पेनिस ला लिगा क्लब एट्लेटिको मड्रिडसँग २-० ले पराजित भएको हो।  

यस्तो छ केकी र विकासको ‘धेरै माया’

केकी अधिकारी र बिकास लामिछानेको अभिनयमा रहेको ‘धेरै माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा केकी र बिकासबिचको गहिरो प्रेम सम्बन्धलाई देखाइएको छ। 

६५ वर्षभन्दा बढी उमेरका कामदारलाई प्रतिबन्ध

दक्षिण कोरियाको सर्वोच्च अदालतले कामदारका लागि योग्य हुन अधिकतम उमेर हद ६५ वर्ष तोक्न आदेश दिएको छ। अदालतको यस आदेशले अवकाशको उमेर र केही उद्योगमा प्रभाव पार्नेछ। सर्वोच्च अदालतको पूर्ण इजलासमा १०-३ मतदानबाट उक्त आदेश भएको हो।

समलिंगी प्रधानमन्त्रीकी प्रेमिका सुत्केरी

सर्बियाकी प्रधानमन्त्री एना ब्रनाबिकी प्रेमिका मिलिका जोर्डकले बच्चा जन्माएकी छन्। उनले छोरा जन्माएको र नाम इगोर राखिएको बताइएको छ। ४३ वर्षकी एना समलिंगी हुन्। एना २०१७ को जुनमो सर्बियाको पहिलो महिला तथा समलिंगी प्रधानमन्त्री बनेकी थिइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।