शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कोरियाबाट फर्केकालाई फेरी जाने अवसर, वैशाखमा परिक्षा

कोरियाबाट फर्केकालाई फेरी जाने अवसर, वैशाखमा परिक्षा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- दक्षिण कोरियाबाट इपीएसमार्फत रोजगारी पूरा गरी फर्केका कामदारहरुलाई पुनः रोजगारको लागि जाने अवसर खुलेको छ। कम्प्युटरमा आधारित सन् २०१९ को पहिलो अर्ध वार्षिक कोरियन भाषा परिक्षा (सीबीटी) वैशाख ४ गतेदेखि सञ्चलन हुने भएको छ।

परिक्षको लागि फाराम वितरण तथा दर्ता फागुन १७ देखि १९ गतेसम्म खुल्ने वैदेशिक रोजगार विभाग इपीएस शाखा ग्वार्कोले जनाएको छ। आवेदन फाराम व्यक्ति स्वयं उपस्थित भई बुझाउनु पर्ने जनाइएको छ। उमेदवारले उत्पादनमुलक/कृषी तथा पशुपालन क्षेत्रमा फारम भर्न सक्नेछन्। परिक्षा सीबीटी परिक्षा हल ग्वार्कोमा सञ्चालन हुनेछ।

परिक्षामा सुनाइ र पढाई गरेर जम्मा ४० वटा प्रश्न २०० पुणाङ्कको सोधिनेछ। परिक्षा हुने तालिका चैत ११ गते र  परिक्षाको नतिजा जेठ २४ गते निस्कासन गर्ने इपीएस शाखा ग्वार्कोले जानकारी दिएको छ। 

शाखाका अनुसार प्रत्येक दिन ३०/३० जनाको चार वटा सिफ्ट गरेर १२० जनाको परिक्षा सञ्चालन गरिनेछ। परिक्षामा सामेल हुने उमेदवारको सूचि समेत प्रकाशित गरिएको छ। उक्त सूचि इपीएस कोरियाले पठाएको हो।

शाखाका अनुसार परिक्षामा सामेल हुनको लागि १८ वर्ष पूरा भइ ३९ वर्ष ननाघेको हुनुपर्ने छ। जसअनुसार उमेदवर १९७९-०३-०२ देखि २००१-०३-०१ सम्ममा जन्मेको मात्रै परिक्षामा सहभागी हुन सक्नेछन्। 

नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया सरकारबीचको समझदारी पत्र (एमओयू) अनुरुप रोजगार अनुमति प्रणली(इपीएस) अन्तर्गत उक्त सीबीटी परिक्षा सञ्चालन हुदै आएको छ। जसमा इपीएस अन्तर्गत गणतन्त्र कोरिया रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात भिषा अवधिभित्रै स्वैच्छिक रुपले नेपाल फर्केको हुनुपर्नेछ। 

परिक्षाको लागि आवेदन फारम प्राप्त गर्ने, बुझाउने र सञ्चालन गर्ने जानकारी यहाँ छ

सीबीटी दिन योग्य दश हजार ९४२ जनाको नामावली यस्ता छन्
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्