शनिबार, साउन १६, २०८३

ग्यास बिक्री वितरण ठप्प पार्ने व्यवसायीको चेतावनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- एलपी ग्यास उद्योगीहरुले आन्दोलनको चेतावनी दिएका छन्। उनीहरुले विभिन्न दश बुँदे माग राख्दै सम्बोधन नभए एलपी ग्यास बिक्री वितरण पूर्णरुपमा बन्द गर्ने चेतावनी दिएका हुन्। 

राजधानीमा बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल एलपी ग्यास उद्योग संघका महासचिव दिवान चन्दले संघले राखेको माग फागुन १६ गतेसम्ममा सम्बोधन नभए १७ गतेदेखि संघर्ष गर्ने भन्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन्। संघर्षको कार्यक्रममा फागुन १७ गतेदेखि एलपी ग्यासको पिडिओ खरिद नगर्ने रहेको छ।

त्यसपछि विभिन्न कार्यक्रम हुँदै फागुन ३० गतेदेखि देशमा रहेका सम्पूर्ण ग्यास बिक्रेताहरुबाट ग्यास बिक्री वितरण पूर्णरुपमा बन्द गर्ने गरी कार्यक्रमहरु तय गरिएको छ।

संघले सरकार समक्ष १० बुँदे माग राखेको छ। पहिलो बुँदामा ०७० सालदेखि पटक-पटक उठाउँदै आएको ग्यास उद्योगहरुको यथार्थ सञ्चालन खर्च, वितरकहरुको यथार्थ कमिसन, स्थानीय ढुवानी भाडा, मुनाफा तथा बिक्रेता-वितरण लगायतको लागि कमिशन/खर्च समायोजन गर्नुपर्ने माग रहेको छ।

त्यस्तै नेपाल आयाल निगमको व्यवस्थापन सुधार, एलपी ग्यास तथा पेट्रोलियम पदार्थलाई व्यवस्थित गर्नुपर्ने, अनधिकृत रुपमा दिईएका इजाजत, सम्बन्धन्, अनुमति र उद्योग दर्ता गर्न सहयोग पुग्ने गरी दिइएको सहमति पत्र तत्काल खारेज गर्नुपर्ने, तराइका सबै स्थानमा एउटै बिक्री मूल्य कायम गर्नु पर्ने माग राखिएको छ।

तत्काल नेपाली नम्बरका ग्यास बुलेट सञ्चालनका लागि आवश्यक कुटनीतिक पहल गरी निकासी दिनुपर्ने, कोटा, ‘ईपिडिओ’ तथा एलसी, सिलिण्डर तथा ग्यास दुर्घटना, स्थानीय कर सम्बन्धलगायत सम्बन्धी विभिन्न माग उद्योगीहरुले राखेको छ।

संघका अनुसार ०७३ साल फागुन ४ गतेदेखि ०७५ असार ८ गतेसम्म पटक-पटक १० वुंदे मागसहितको ज्ञापन पत्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री समक्ष बुझाइएको छ। तैपनि सरकारले बेवास्था गर्दै आएको संघले बताएको छ।

माग सम्बोधन नहुँदा उद्योग, उद्योगका आधिकारिक विक्रेताहरु तथा आम उपभोक्ताहरुमा असर परेको भन्दै माग संवोधन गर्न दश दिनको म्याद राखेको संघका अध्यक्ष गोकुल भण्डारीले बताए।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्