शनिबार, साउन १६, २०८३

सुन तोलाको ६३ हजार तीन सय, पाँच वर्षयताकै महँगो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- बुधबार नेपाली बजारमा छापावाल सुनको भाउ प्रति तोलाको ६३ हजार तीन सय रुपैयाँमा कारोबार भएको छ। उक्त मूल्य पाँच वर्षयताकै महँगो हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिरत्न शाक्यले बुधबार विगत पाँच वर्षकै यताकै महँगोमा सुन कारोबार भएको जानकारी दिए। उनका अनुसार ०६९ साल मंसिरमा नेपाली बजारमा सुन प्रतितोला ६३ हजार सात सय रुपैयाँ थियो।

‘आज त्यसैको हाराहारीमा सुनको मूल्य पुगेको छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उत्तारचढाव भइरहन्छ। अहिले बढेको छ।’ व्यवसायीहरुका अनुसार माघेखि सुनको भाउ वृद्धि हुँदै गएको छ।

अहिले नेपाली बजारमा दैनिक २० देखि २५ किलो सुनको खपत छ। सुनको पिक आवरमा ३५ किलोमाथि दैनिक खपत हुन्छ। कतिपय सुन आन्तरिक बजारमा रहेको गरगहनालगायतबाट पनि माग पूर्ति गर्ने गरिएको छ।

बजारमा दैनिक ३०/४० किलो सुनको माग भए तापनि सरकारले व्यवसायीलाई दैनिक २० किलो मात्र उपलब्ध गराउँदै आएको छ।

महासंघका अनुसार बुधबार तेजावी सुनको मूल्य भने प्रतितोला ६३ हजारमा कारोबार भयो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्