शनिबार, साउन १६, २०८३

एकाएक किन नेप्से परिसूचक २२.४४ अंकले बढ्यो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ- नेप्से परिसूचक २२.४४ अंलले बढेको छ। लगातार ओरालो लाग्दै आएको शेयर बजारमा मंगलबार एकाएक दोहोरो अङ्कले बढेको छ। पछिल्लो समय सरकारले पुँजी बजारप्रति देखाएको सकरात्मक चासोका कारण बजार बढ्न गएको नेप्से विश्लेषकहरु वताउछन्।

मंगलबार शिंहदरबारमा बसेको अर्थसमितिको बैठकमा पुँजी बजारको समस्या सम्बोधन सम्बन्धमा सकरात्मक छलफल भएको छ। साथै बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर नियन्त्रण गर्न अर्थमन्त्रालयमा छलफलको क्रम शुरु भएको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २२.४४ अंक बढेर एक हजार १२४.९६ बिन्दुमा पुगेको छ। ‘क’ बर्ग कम्पनी मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत ४.५५ अंकले बढेर २३८.९१ बिन्दुमा पुगेको छ।

मंगलबार १६७ कम्पनीको चार हजार ५६८ कारोबारबाट  सात लाख १४ हजार ८७६ कित्ता शेयर खरिद बिक्री हुदा २१ करोड ४५ लाख ८८ हजार ६१९ रुपैयाँ बराबरको कारोबार भएको छ।  

नेप्से बजारमा आएका दश समूह सबै हरियो भएका छन्। जसमा सबैभन्दा बढी लाईफ इन्स्योरेन्स समूहको परिसूचक २५१. ७३ अंकले बढेको छ। त्यसपछि बैंकिङ समूहको परिसूचक १४.६९, होटल समूहको परिसूचक २३.०५, विकास बैंक समूहको परिसूचक २१.१६, जलविद्युत् समूहको परिसूचक २७.०५ अंक बढेको छ। 

ननलाईफ इन्स्योरेन्स समूहको परिसूचक १५३.९३, उत्पादनमुलक समूहको परिसूचक ६.१३, अन्यको १५.५४, लघुवित्त समूहको परिसूचक ४१.२८ अंक बढेको छ भने फाइनान्स समूहको परिसूचक स्थिर छ।

नेप्से बजारमा चौतारी लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, नयाँ नेपाल लघुवित्त वित्तीय संस्था, सूर्य लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका लगायतका लगानीकर्ताले बढी कमाएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्