शनिबार, साउन १६, २०८३

सिभिल बैंकद्‍वारा बाल विकास समाजलाई एक लाख प्रदान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सिभिल बैंक लिमिटेडले आफ्‍नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आज एक कार्यक्रमबीच बाल विकास समाजलाई एक लाखको चेक हस्तान्तरण गरेको छ। 
उक्त चेक सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यद्‍वारा बाल विकास समाजका कोषाध्यक्ष सुरेन्द्र ढकाललाई  हस्तान्तरण गरेका थिए।
 
देशको भविष्य युवा पुस्ताको हातमा रहेको कुरा मनन गर्दै बाल विकास समाजलाई यो सहयोग गरिएको कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले बताए।

सिभिल बैंकले आफ्‍नो स्थापनाकालदेखि नै बालबालिकाको क्षेत्रमा आफ्‍नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत पाँचखालमा संचालित समाज कल्याण बाल गृहका तीन अनाथ बालकह﾿को कक्षा १० सम्मको सम्पूर्ण खर्च बैंकले विगत ८ वर्ष देखि व्यहोर्दै आइरहेको छ।

यस बाल विकास समाजसँग पनि बैंकले विगत ३ वर्षदेखि निरन्तर रुपमा सहयोग उपलब्ध गराउँदै आइरहेका छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्