काठमाडौं- 'योर पार्टनरफर प्रोग्रेस' भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याँउदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको आसमान नेपाल नामक गैरसरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ।
बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमाआयोजित एक कार्यक्रम बिच रू एक लाखको चेकआसमाननेपाललाई हस्तान्तरण गरिएको हो। सेन्ट मेरिज स्कूलका भूतपूर्व विद्यार्थीहरूको छाता संगठन “आसमान नेपाल” ले करिब २८ वर्ष देखि शिक्षा, स्वास्थ्य, सांस्कृतिकजागरण तथा विकास जस्ता क्षेत्रमा सिमान्तकृत महिलाहरूको सशक्तिकरण तथा बालबालिकाहरूको चौतर्फी विकासका निम्ति विभिन्न परियोजनाहरू संचालन गर्दै आएको छ।
यस प्रकारको सहयोगबाट महिलातथाबालबालिकाको सशक्तिकरण, सबलिकरण तथाचौतर्फी विकासमा टेवापुग्ने विश्वास बैंकले लिएको छ। आउँदा दिनहरूमा पनिबैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिकआदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनकानिम्तिविभिन्नकार्यक्रम संचालनगर्ने कुरा बैंकले जानकारी दिएको छ।
नेपालीजनताको घरदैलोमो बैंकिङ्गसेवा पुर्याँउदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिब चार लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ। यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिमव्यवस्थापनएवमगुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादनगर्ने उद्देश्यल्ले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ।
ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु,घरैमा बसेर बैंक खाताखोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनिउपलब्ध गराउँदै आएको छ।
यसका साथसाथै बैंकको भिजा डेबिट वाक्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि एइक् मेशिन वा अनलाइन कारोवारमा प्रत्येक कारोवार रकमको १० प्रतिशत फिर्ता प्राप्त गर्न सकिने योजना सार्वजनिक गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४