वीरगंज- बाराको सिमरामामा निर्माणाधीन विशेष आर्थिक क्षेत्र९सेज०मा विद्युत आपूर्तिको लागी प्रशारण लाइन र सब स्टेशन निर्माणको जिम्मा नेपाल विद्युत प्राधिकरणले पाएको छ।
विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणले दुबै कामको जिम्मेवारी विद्युत प्राधिकरणलाई यसै साता हस्तान्तरण गरेको हो। 'प्रशारण लाइन र सब-स्टेशनबारे हामीसँग प्राविधिक दक्षताको अभाव छु', सेज प्राधिकरणका एक अधिकृतले भने, 'त्यसैले विद्युत प्राधिकरणलाई नै जिमा लगाउनु परेको हो।'
सेज प्राधिकरणले भैरहवामा सब स्टेशन निर्माणको कार्य आफैंले ठेकेदारमार्फत् गराउँदा समस्या झेल्नुपरेपछि सिमरामा यसपटक विद्युत प्राधिकरणमार्फत् निर्माण कार्य गराउन लागेको हो।
भैरहवामा विशेष आर्थिक क्षेत्रको निर्माण कार्य सम्पन्न भइसक्दा पनि प्रशारण लाइन र सब स्टेशन निर्माणको कार्य समयमै सम्पन्न हुन नसक्दा उद्योग सञ्चालनमा
समस्या देखिएको थियो।
सेज प्राधिकरणलाई अर्थ मन्त्रालयले सब स्टेशन र प्रशारण लाइनको लागी चालू आर्थिक वर्षमा ४ करोड रुपैयाँ उपलब्ध गराएको छ। पूर्व पश्चिम राजमार्गको पिलुवामा अवस्थित १३२ केभिए क्षमताको सब स्टेशनबाट प्रशारण लाइन निर्माण गरेर सिमरा सेजमा सब-स्टेशनसम्म विद्युत आपूर्ति गरिने सिमरा सेज कार्यालयका प्रमुख विनोद न्यौपानेले जानकारी दिए।
सम्बद्ध प्राविधिकका अनुसार १३२ केभिए क्षमताको प्रशारण लाइनबाट ६६ केभिए क्षमताको सब स्टेशनमा विद्युत आपूर्ति गरिनेछ। उद्योग मन्त्रालय अन्तर्गतको विशेष आर्थिक क्षेत्र प्राधिकरणले सिमरामा ८०० बिघा क्षेत्रफल जग्गामा विशेष आर्थिक क्षेत्रको लागी आवश्यक पूर्वाधार निर्माण कार्यलाई गत आर्थिक वर्षदेखि तिब्रता दिएको छ।
सिमरा सेजको पूर्वी क्षेत्रमा अवस्थित सिमरा उपमहानगरपालिकाको वडा नम्बर १४ मा पर्ने ब्लक 'बि' र 'सि' मा अतिक्रमण हटाएर पर्खाल निर्माण कार्य शुरु भएको प्रमुख न्यौपानेले जानकारी दिए।
सीमित बजेट विनियोजन गरिएकोले कूल क्षेत्रफलको ३० प्रतिशत क्षेत्रमात्र समेटिने छ। आगामी आर्थिक वर्षमा थप बजेट विनियोजन भएपछि थप क्षेत्रमा पर्खाल निर्माण कार्य शुरु गरिने सेज कार्यालयका प्रमुख विनोद न्यौपानेले जानकारी दिए।
कूल २४०० मिटर लम्बाई पर्खाल निर्माणको लागी सन्तोष निर्माण सेवालाई ३ करोड रुपैयाँमा जिम्मेवारी दिइएको सिमरा सेज कार्यालयले जानकारी दिएको छ। सेज अन्तर्गतको पाँचवटा खण्डमध्ये खण्ड ुखुमा ५० बिघा र खण्ड 'ग' मा १२८ बिघा जग्गा छुट्याइएको छ। कूल ८३३ बिघा क्षेत्रफलमा निर्माण प्रस्ताव गरिएको सिमरा सेजको खण्ड ‘क’ मा ३४२ बिघा क्षेत्रफल जग्गा रहेको छ।
खण्ड क परिसरभित्र नाला,पेटी, खानेपानी पाइप र ढल निकासको साथै ३२ किलोमिटर सडक र ८ किलोमिटर साइकल लेन निर्माण कार्य जारी रहेको छ। कूल ८४ करोड रुपैयाँमा १८ महिने अवधिभित्र निर्माण कार्य सम्पन्न गर्ने शर्तमा ठेक्का पाएको निर्माण कम्पनी शर्मा ,अमर कन्चन जेभीले यो काम आगामी चैत २ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने छ।
सैगरी दुईवर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी युनाइटेड,श्याम ,लामा जेभीले पाँच तल्ले प्रशासनिक भवन सहित कूल ६ वटा भवन ३४ करोड रुपैयाँमा निर्माण गर्न ठेक्का पाएकोमा अब एकको अवधि मात्र बाँकी रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४