शनिबार, साउन १६, २०८३

मिर्गौला पीडित सुजनलाई आर्थिक सहयोग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - विश्वभर छरिएका नेपाली रक्तदाताहरूको साझा संस्था अन्तर्राष्ट्रिय नेपाली रक्तदाताका फ्रान्स संयोजक प्रशान्त उप्रेतीले सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका ६ निवासी दिलबहादुर सार्की बर्माका १८ वर्षीय दुवै मिर्गौला पीडित छोरा सुजन बर्माको उपचारका लागि आर्थिक सहयोग गरेका छन्। उप्रेतीले पठाएको एक लाख रुपैयाँ सुजनलाई हस्तान्तरण गरिएको हो। 

सुजन विगत १ वर्षदेखि नियमित डायलासिस गराउँदै आएका छन्। सहयोग रकम हस्तान्तरण कार्यक्रममा अन्तराष्ट्रिय नेपाली रक्तदाताका महासचिव निरञ्जन पौडेल, सचिव राहुल रेग्मी, कोषाध्यक्ष उत्तम अधिकारी, सदस्य खेटराज मैनाली, राजेन्द्र ओझालगायतका पदाधिकारी उपस्थित थिए। सुजन सुप्रिम कलेज सानोठिमी भक्तपुरमा कक्षा १२ मा अध्यनरत छन्। 

पिसाब संक्रमण भई अपरेसन गर्दा उनको दुवै मिर्गौला फेल भएको पाइएको थियो। प्रत्यारोपण गर्न ठूलो रकम आवश्यक परेको भन्दै सुजनले आर्थिक सहयोगको याचना गरेका छन्। हाल उनको उपचार नेपाल मेडिकल कलेज जोरपाटीमा भइरहेको छ।

यस्तै सुजनको उपचारका लागि विभिन्न व्यक्ति तथा समूहले आर्थिक सहयोग गरेका छन् । सुजनलाई आर्थिक सहयोग गर्नेमा सलिना कुइँकेल ११ हजार रुपैयाँ, सरस्वती तामाङको समूह १६ हजार ४ सय, गंगाबहादुर चन्द २ हजार ८ सय, इन्जिनियर रत्न बोम्जन ५ हजार, मिडल्यान्ड इङ्लिस बोर्डिङ स्कुल ३ हजार ४ सय, रामहिटी युवा समूह ४ हजार २ सय, राघव शर्मा अधिकारीको समूह ५ हजार ८ सय रहेका छन् ।

याे पनि पढ्नुहाेस्,

के यो देशमा सीता र सुजनहरूले बाँच्‍न नपाउने ?

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।