काठमाडौं- नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्षमा पुनः चण्डीप्रसाद अर्याल आएका छन्। संघको सम्पन्न २६ औं वार्षिक साधारण सभाले उनको अध्यक्षतामा ११ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो।
समितिको उपाध्यक्षमा ईमानसिंह लामा, भूपेन्द्रकुमार बस्नेत चयन भएका छन्। महासचिवमा अशोककुमार अग्रवाल, सहसचिवमा पशुपतिदेव पाण्डे, कोषाध्यक्षमा संजयकुमार अग्रवाल चयन भएका छन्।
सदस्यहरुमा क्रमशः थोमनाथ वस्याल, भिमकुमार गिरी, वसन्तराज अधिकारी, कृष्णप्रसाद पाण्डे र राहुलमान शाक्य चयन भएको संघले जनाएको छ। सभाको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४