वीरगञ्ज- जनमत पार्टीको दोस्रो महाधिवेशनले सिके राउतको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। वीरगञ्जमा सम्पन्न महाधिवेशनले अध्यक्ष पदमा डा. सीके राउतलाई निर्बिरोध निर्वाचित गरेको हो।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजेशकुमार मण्डलका अनुसार राष्ट्रिय उपाध्यक्षमा अनिता कुमारी मण्डल, अनिता देवी शाह, नरेन्द्र प्रसाद चौधरी, बसन्त कुमार कुशवाह, डा. जयकान्त राउत, राजकुमार यादव त्यागि र माधव प्रसाद सिंह निर्वाचित भएका छन्।
त्यस्तै महासचिवमा संजयकुमार यादव निर्वाचित भएका छन् भने उपमहासचिवमा निर्मल कुमार मण्डल निर्वाचित भएका छन्।
त्यस्तै राष्ट्रिय सचिवमा सुरेन्द्र कुमार चौधरी, पारस प्रसाद शाह, सन्तोष राज सहानी, अन्जनी देवी, राधा कुमारी यादव, हरेन्द्र चौधरी र बाल गोविन्द चौधरी निर्वाचित भएका छन्।
त्यस्तै महाधिवेशनले ४८ जना कार्यकारीणी सदस्य निर्वाचित गरेको छ।