आइतबार, असोज १८, २०८३

कांग्रेसको पदाधिकारी संख्या बढ्ने

 |  आइतबार, असोज १८, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०८३

काठमाडौं- नेपाली कांग्रेसले पदाधिकारी संख्या बढाउने भएको छ १५औं महाधिवेशनको बन्दसत्रबाट विधान संशोधन गरेर पदाधिकारीको संख्या थप गर्ने समझदारी बनेको हो।

हाल काँग्रेसको पदाधिकारीमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ११ सहमहामन्त्री तथा एक कोषाध्यक्ष सभापतिबाट मनोनीत हुने  व्यवस्था छ।

अब पदाधिकारी संख्या १७ बाट २१ पुग्ने भएको छ। जस अनुसार उपसभापतिमा २ जना र सहमहामन्त्री २ जना थप गर्ने सहमति बनेको छ। नेताहरुमा पदाधिकारीका आकांक्षीहरु बढेकाले उनीहरुको व्यवस्थापन गर्न पदाधिकारी बढाइएको बताइएको छ।

अब एक वरिष्ठसहित चार उपसभापति हुने छन् जसमा एक महिला अनिवार्य गरिएको छ। त्यस्तै सहमहामन्त्रीमा ११ जना निर्वाचित भएर आउनेछन् भने २ जना सभापतिले केन्द्रीय सदस्यबाट मनोनित गर्ने व्यवस्था गर्न लागिएको छ। यसअघि विशेष महाधिवेशनबाट पारित विधानमा ८ जना सहमहामन्त्री निर्वाचित हुने र ३ जना सभापतिले मनोनित गर्ने व्यवस्था रहेको थियो। 

महाधिवेशनमा नयाँ नेतृत्वको चयनका लागि सोमबार उम्मेदवारी दर्ता सुरु गर्ने कार्यतालिका रहेको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।  नयाँ नेतृत्वको निर्वाचनका लागि असोज २१ र २२ गतेको मिति तोकेको छ।

प्रकाशित: Oct 04, 2026| 13:23 आइतबार, असोज १८, २०८३
प्रतिक्रिया दिनुहोस्