आइतबार, असोज १८, २०८३

खुलामञ्चमा कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु

 |  आइतबार, असोज १८, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०८३

काठमाडौं-  नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजबाट सुरु हुँदै छ। काठमाडौंको खुलामञ्चमा उद्घाटन कार्यक्रम शुरु भएको छ। महाधिवेशनमा उद्घाटन समारोहमा निमन्त्रणा गरिएका अतिथिहरु पुग्ने क्रम शुरु भएको छ। 

अहिले नेकपाका संयोजक प्रचण्ड कार्यक्रम स्थलमा पुगिसकेका छन् भने रास्वपा सभापति रवि लामिछाने, एमाले महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलगायतका नेताहरु सहभागी हुदैछन्। 

अहिले खुलामञ्चमा काँग्रेसका प्रतिनिधिहरुसहित हजारौं नेता कार्यकर्ताको उपस्थिति रहेको छ। यस महाधिवेशनमा काँग्रेसका करिब ७६ सय प्रतिनिधि सहभागी हुँदैछन्।

आज उद्घाटन समारोह हुदैछ भने सोमबार र मंगलबार बन्दसत्र हुने छ। बन्दसत्रमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदिप पौडेल र कोषाध्यक्ष उमेश श्रेष्ठले विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ। 

महाधिवेशनमा नयाँ नेतृत्वको चयनका लागि सोमबार उम्मेदवारी दर्ता सुरु गर्ने कार्यतालिका रहेको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।  नयाँ नेतृत्वको निर्वाचनका लागि असोज २१ र २२ गतेको मिति तोकेको छ।

प्रकाशित: Oct 04, 2026| 15:13 आइतबार, असोज १८, २०८३
प्रतिक्रिया दिनुहोस्