शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ठेक्काको फरफारकमा ६० हजार घुस लिएका सवइन्जिनियर पक्राउ

ठेक्काको फरफारकमा ६० हजार घुस लिएका सवइन्जिनियर पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- कञ्चनपुर बेलौरी नगरपालिका कार्यालयका सवइन्जिनियर ह्रदयराज बजगाईलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको छ।

सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएर गएका टोलीले निज सव इन्जिनियर बजगाईलाई सेवाग्राहीसँग ६० हजार रुपैयाँ घुसबापतको रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको हो।
 
बेलौरी नगरपालिका अन्तरर्गत स्लेभ कल्भर्ट निर्माण कार्य सम्पन्न भइसकेको ठेक्काको अन्तिम रनिङ बिल फरफारक गराउने प्रयोजनको लागि घुस रकम माग गरिरहेको भन्ने उजुरी आएपछि उनलाई नियन्त्रणमा लिइएको अयोगको भनाइ छ। नियन्त्रणमा लिएको उनलाई अनुसन्धान अघि बढाएको अयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्