काठमाडौं- नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्ट्राईकार गोल मसिन सावित्रा भण्डारी भारतको उडिसामा सम्पन हिरो महिला फुटबल प्रतियागितामा सर्वाधिक गोल कर्ता बनेकी छिन् । उनले प्रतियोगिता भर सवौधिक ४ गोल गरिन् ।
प्रतियोगिताभर सावित्राको प्रदर्शन उत्कृट रह्यो । उनैको उत्कृष्ट प्रदर्शनले नेपाली टोली प्रतियोगिताको फाइनल पुग्न सफल भएको थियो । प्रतियोगिताका ४ खेल खेल्दा सावित्राले भारतविरुद्धको खेलमा दुई गोल गरेकी हुन् ।

जहाँ नेपालले भारतलाई २-१ गोल अन्तरले पराजित गर्दै इतिहास रचेको थियो । त्यसपछि तेस्रो खेलमा इरानलाई २-१ ले विजयी हुँदा दुबै गोल सावित्राले नै गरेकी थिईन् ।
तर, फाइनल खेलमा भने गोल मेसिन सावित्राले कुनै गोल गर्न सकिनन् । फाइनल खेलमा म्यानमारसँग नेपाल ३-१ गोल अन्तरले पराजित भयो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४