आइतबार, साउन १७, २०८३

नेपाल हिरो गोल्डकपको उपविजेता 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली महिला राष्ट्रिय फुटबल टोली भारतमा भएको हिरो महिला फुटबलमा उपविजेत बनेको छ । म्यानमारसँगको फाइनल खेलमा ३-१ गेल अन्तरले पराजित हुँदै नेपाल प्रतियोगिताको उपविजेता बनेको हो । 

पहिलो हाफमा १-१ को बराबरी खेलेको नेपालले दोस्रो हाफमा थप दुई गोल खान पुग्यो । खेलको ३५ औं मिनेटमा सुरुवाती अग्रता लिएको म्यानमारका लागि यी यी ओले गोल गरेकी हुन् । 

उनले पेनाल्टी क्षेत्रको दायाँ भागबाट आएको क्रसलाई अनमार्क रहेको अवस्थामा नियन्त्रण गरेर शक्तिशाली प्रहारमा गोल गरेकी हुन् । पहिलो हाफको अन्तिम मिनेटमा अन्जलीकुमारी योन्जनले गोल गर्दै नेपलालाई खेलमा फर्काइन् । 

उनले गीता रानाको फ्रिकिकमा पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको भली प्रहार गोलमा परिणत भएको थियो । खेलको ५३ औं मिनेटमा म्यानमारले पुनः अग्रता लियो । म्यानमरका लागि विन थेइङ्गी तुनले गोल गर्दै अग्रता २-१ ले पारिन् ।

 त्यस्तै खेलको ६२ औं मिनेटमा यी यी ओले व्यक्तीगत दोस्रो गोल गर्दै म्यानमारलाई ३-१ को अग्रता दिलाईन् । नेपालले यसअघि म्यानमारसँगको पहिलो भेटमा पनि ३-० ले पराजित भएको थियो । 

यस प्रतियोगितामा महिला टिमकी गोल मसिन सावित्रा भण्डारीको प्रदर्शन उत्कृट रह्यो । उनैको प्रदर्शनले नेपाली टोली प्रतियोगिताको फाइनल पुग्न सफल भएको थियो । नेपालमा हुन लागेको पाँचौ साफ च्याम्पियनसिप फुटबलको तयारीमा रहेको नेपालले साफ अघि विदेशी प्रतियोगिता खेलेको हो ।

भारत पनि साफ च्याम्पियनसिप र ओलम्पिकको तयारीमा रहेकाले नेपाल सहित म्यानमार र इरानलाई बोलाएर हिरो महिला लिगको आयोजना गरेको हो । फिफा वरियतामा ४४ औैं स्थानमा म्यानमार रहँदा इरान ६० तथा भारत ६२ औं स्थानमा रहदा नेपाल १०८ औं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।