आइतबार, साउन १७, २०८३

लाखौं घोटाला गर्ने कृषिका कर्मचारी बिरुद्ध मुद्दा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- कृषि क्षेत्रमा लाखौं घोटला गर्ने जिल्ला कृषि विकास कार्यालय, तेह्रथुमका चार कर्मचारी बिरुद्द अख्तियार दुरुपयोग अनुसन्धान अयोगले मुद्दा दायर गरेको छ।

अयोगले घोटलामा संलग्न भएको भन्दै साविक जिल्ला कृषि विकास कार्यालय, तेह्रथुमका प्रमुख मनोजकुमार यादव, प्रास हरि गोपाल आचार्य, लेखापाल डिल्लीप्रसाद आचार्य, नायव सुब्बा दुर्गाप्रसाद पौडेल बिरुद्ध विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर गरेको हो। उनीहरुमध्ये नायब सुब्बा पौडेललाई पाँच लाख ४६ हजार भने बाँकी तीन जनालाई दश लाख ८६ हजारको दरले प्रत्येकलाई बिगो दाबी गरेको छ।

अयोगका अनुसार कार्यालयका प्रास हरि गोपाल आचार्यले अलैंचीको बिरुवा खरिद गरी कृषकहरूलाई बितरण गर्दा कमिशन दिने व्यक्तिलाई मात्र दिएको, बाँकी रकम बिलबाट लिने गरी लाखौं घोटाला गरेको फेला परेको हो। इलामबाट बिरुवा ढुवानी गर्नेक्रममा आर्थिक अनियमितता देखियो। आव ०७२/०७३ को बार्षिक कार्यक्रमको तेस्रो चौमासिकमा अलैंची रोग व्यवस्थापन तथा नर्सरी स्थापना, कृषि प्रसार कार्यक्रमअन्तर्गतको बजेटबाट लगायत कार्यक्रम सञ्चालनमा पनि झुट्टा बिल भरपाई बनाइ भुक्तानी लिइएको भेटिएको आयोगको भनाइ छ।

ती सम्पूर्ण अनियमितता अनुसन्धान गरी दोषि चार जना कर्मचारीहरु बिरुद्ध विगोसहित सजायको मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्