काठमाडौं- भूमिसुधार तथा मालपोत कार्यालय नेपालगन्जका रजिष्ट्रेशन फाँटमा कार्यरत खरिदार संजयकुमार ठाकुरलाई घुससहित नियन्त्रणमा लिइएको छ। ठाकुरलाई नेपालगन्जबाट खटिएर गएका टोलीले सेवाग्राहीसँग पचास हजार घुस बापतको रकम लिइसकेको अवस्थामा शुक्रबार नियन्त्रणमा लिइएको हो।
अयोगका प्रवक्ता रामेश्वर दंगालकाअनुसार उजुरीको आधारमा अनुसन्धान टोलीले खरिदार ठाकुरलाई जग्गा रजिष्ट्रेसन पास गर्दा लाग्ने कर राजश्व छुट गरिदिने भन्दै सेवाग्राहीसँग पचास हजार घुसबापतको रकम लिइसकेको अवस्थामा भेटेको हो। नियन्त्रण लिएको उनलाई कानून बमोजिम पचास हजार बिगो कायम गरी जरिवाना र कैद सजाय मागदावी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४