आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कञ्‍चनपुरमा गाडिएको २३ किलो सुन भारतबाट भित्रिएको खुलासा

कञ्‍चनपुरमा गाडिएको २३ किलो सुन भारतबाट भित्रिएको खुलासा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- कञ्चनपुरमा प्रहरीले बरामद गरेको साढे २३ किलोग्राम सुन म्यानमारबाट भारतको अयोध्या हुँदै कञ्चनपुर पुगेको खुलासा भएको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो, अपराध महाशाखा कञ्चनपुर प्रहरीको टोलीले बिहीबार कञ्चनपुरको पुनर्वासबाट १८ किलोग्राम सुन र शुक्रबार बिहान कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका-११ झलारीबाट ५ किलो ६ सय ग्राम सुन बरामद गरेको थियो। सुन प्रकरणमा प्रहरीले बिहीबार नै सादा पोशाकका प्रहरी र उनका भाइलाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा कैलालीमा कार्यरत प्रहरी जवान सुरज तिरुवा र उनका भाइ लक्ष्मण तिरुवा रहेका छन्। लक्ष्मणले नै त्यो सुन भारतबाट रुपन्देहीको सुनौली नाका हुँदै कैलाली पु/रयाएको अनुसन्धानबाट खुलेको छ। प्रहरी उच्च स्रोतका अनुसार पक्राउ परेका लक्ष्मणले प्रहरीसँगको बयानमा सुन म्यानमारबाट तस्करी गरेर ल्याएको बताएका छन्।

लक्ष्मणले प्रहरीलाई दिएको बयानअनुसार उनी भारतीय व्यापारीको गाडी चालक थिए। म्यानमारबाट अयोध्या ल्याइएको सुन त्यहाँको एक होटलमा राखिएको थियो। होटलमा भारतीय व्यापारी र म्यानमारबाट सुन ल्याउने टोली मदिरा खाएर सुतेपछि गाडी चालक रहेका लक्ष्मणले गाडी लिएर नेपालतर्फ लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

लक्ष्मणले प्रहरीलाई दिएको बयान उद्धृत गर्दै प्रहरी उच्च स्रोतले भन्यो, 'म्यानमारबाट भारतीय सुन तस्करले सुन  अयोध्या ल्याएका रहेछन्। अयोध्याको एक होटलमा भारतीय सुन तस्कर र म्यानमारको टोली मदिरा खाएर सुतेपछि लक्ष्मणले गाडी नेपाल ल्याएको देखिन्छ।'

प्रहरी स्रोतका अनुसार भारतीय व्यापारी दिल्ली मुम्बई लगायतका सहरमा तस्करीको सुन बेच्दै आएका थिए। लक्ष्मण भारतीय सुन तस्करको चालकको रुपमा विगत ४ महिनादेखि कार्यरत रहेको अनुसन्धानबाट खुलेको छ। बरामद भएको सुनमा म्यानमारकै भाषा लेखिएको प्रहरी स्रोतले जानकारी दियो।

सुनका मालिक भारतको नयाँ दिल्लीमा बस्दै आएको र उनले पछिल्लो ४ महिनामा मात्रै म्यानमारबाट १४ पटकभन्दा बढी सुन ओसारेको लक्ष्मणले बयान दिएको स्रोतले बतायो। लक्ष्मणले सुन नेपाल ल्याएपछि गाडी कैलालीमा छाडेर फरार भएका थिए।

पछि भारतीय नागरिक आएर कैलाली भन्सार कार्यालयबाट गाडी लिएर  गएपनि उनले सुनबारे जानकारी प्रहरीलाई गराएका थिएनन्। सुन बेच्ने र सुनबारे जानकारी भएकालाई मिलाउने विषयमा विवाद हुँदा सुनको सूचना चुहिएको थियो। पक्राउ परेको सुन र दुवैलाई प्रहरीले राजश्व अनुसन्धान विभाग कोहलपुर पठाइएको कञ्चनपुर प्रहरीले जनाएको छ।

सीआईबीले काठमाडौं बाहिर झण्डै २४ किलो सुन समातिएको पहिलो घटना भएको दाबी गरेको छ। २४ किलो सुनकाण्डमा भारतीय व्यापारीको संलग्नताको चर्चा चलेपछि भारतीय सुरक्षा अधिकारीले चासो व्यक्त गरेका छन्।

एक अधिकारीले भने, 'भारतले हिजोबाटै चासो दिएको छ। उसले पनि भारतीय नागरिकको विवरण खोजिरहेको छ। नेपालमा मात्रै होइन यसले भारतमा पनि चासो बढाएको छ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।