आइतबार, साउन १७, २०८३

साइबर क्राईमको आरोपमा एक युवती पक्राउ  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- साइबर क्राइमको आरोपमा डोटीमा एक किशोरी पक्राउ परेकी छन्। साथीको फोटो प्रयोग गरी सामाजिक सञ्जालमा अश्लील कुरा गर्ने किशोरीलाई प्रहरीले पक्राउ गरेको हो। 

आफ्नै विद्यालयमा अध्ययन गर्ने साथीको फोटोको प्रयोग गर्दै सामाजिक सञ्जालबाट अन्य व्यक्तिहरुसँग अश्लील शब्दहरु र अश्लील काम गर्छु भन्ने कुराहरु गरेको भन्दै उनका नाममा पीडित किशोरीले अपराध महाशाखा काठमाण्डौमा मुद्दा हालेकी थिइन्।

जिल्ला प्रहरी कार्यालयका डोटीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले पीडित किशोरीको निवेदनका आधारमा आरोपित किशोरीलाई पक्राउ गरिएको जानकारी दिए। 

आरोपीलाई थप अनुसन्धानका लागि अपराध महाशाखा काठमाण्डौमा पठाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक धामीले बताए। घटनाको संवेदनशीलतालाई मध्यनजर गरी आरोपी र पीडितको नाम भने गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।